सन्दीपले क्यानलाई भने, ‘म निर्दोष छु, कानुनी उपचारका लागि सहयोग गर्नुहोस्’
- भाद्र २३, २०७९ मा प्रकाशित
काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् ।
हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका) मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । ‘म निर्दोष छु, कानुनी उपचारका लागि सहयोग गर्नुस् भन्ने कुरा भएको छ,’ क्यान सचिव प्रशान्त विक्रम मल्लले भने । एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् । सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द बुधबार बेलुका काठमाडौं आइपुगेपछि क्यानका पदाधिकारीबीच छलफल भएको थियो ।
प्रहारीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिने भन्दा पनि छानबिनमा सहयोग गर्ने मल्ले बताए । यस्तै सन्दीप सीपीएलको खेलेर मात्र फर्कने भएका छन् । बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने सन्दीपले खेल्न पाएनन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments