•  १८ बैशाख २०८१, मंगलवार
  •  6:46:36 AM

इटहरीकाे शैक्षिक क्षेत्रलाइ गुणस्तरीय बनाउन बिज्ञहरूबिच बृहत छलफल

- जेष्ठ २९, २०७९ मा प्रकाशित


इटहरी । शैक्षिक गतिविधिलाई अझ गुणस्तरीय र अब्बल साथसाथै अनुसन्धान मुलक वनाउन सुनसरीको इटहरीमा विज्ञहरु विच बृहत छलफल सम्पन्न भएकाे छ ।

इटहरी नमुना कलेजको आयोजनामा कलेजले प्रकासन गरेको नमुना स्मारिका विमोचन सहित शैक्षिक अनुसन्धान मुलक विषय केन्द्रीत छलफल गरिएको हो ।

त्रिभुवन विश्व विद्यालयका व्यवस्थापन संकायका डिन डा.डिल्लीराज शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश नम्बर १का विभिन्न ठाउँका शिक्षा विदहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न कलेजबाट विद्यावारिधी गरेका तथा विद्यावारिधी गर्न अनुसन्धान मुलक विषयवस्तुहरु खेलन गर्न लागेका शिक्षासंग जोडिएका व्यक्तित्वहरुले आ आफनो धारणा कार्यक्रममा राखेका थिए ।

इटहरी क्षेत्रबाट नै अनुसन्धान मुुलक पठनपाठनका साथै अनुसन्धान कार्य गर्न सकिने कार्यक्रमले राम्रो संदेश दिएको आयोजन नमुना कलेजका प्राचार्य धर्म न्यौपानेले जानकारी दिए । त्यसै गरी अनुसन्धान मुलक विषय तथा नमुना कलेजले आयोजना गरेको कार्यक्रमका विषयमा कार्यक्रमका प्रमुख अतिथी डा . डिल्ली राज शर्माले वताए ।

नमुना कलेजले आयोजना गरेको कार्यक्रमले इटहरी क्षेत्रमा अरुले पनि यस्तै प्रकारको कार्यक्रम आयोजना गर्नु पर्ने संदेश मिलेको विश्वआर्दश कलेजका प्राचार्य गणेश दुलाल वताउछन ।

Comments

सम्बन्धित खवर