इटहरी । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपाली टोलीले उत्कृष्ट सुरुवात गरेको छ। नेपालकी मनीषा उपाध्यायले पहिलो ओभरमा नै ३ विकेट लिँदै नेपाललाई उत्कृष्ट सफलता दिलाएकी छिन्।
ग्लोबल छनोटमा मनीषाले पहिलो खेल खेलिरहेकी हुन्। मनीषाले ओभरको दोस्रो बलमा ओपनर क्याथेरिन फ्रासर र चौथो बलमा डेर्सी कार्टरलाई पेभेलियनको बाटो देखाइन्।
नेपालले पहिलो ओभरमा २ विकेट लिएर ६ रन दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्यान्डले ब्याटिङ गरिरहेको छ।



























Discussion about this post