एजेन्सी । चेक रिपब्लिक २० वर्षमा पहिलोपटक फिफा विश्वकपका लागि छनोट भएको छ। प्रागमा गएराति भएको छनोट खेलमा पेनाल्टी सुटआउटमा डेनमार्कलाई हराउँदै चेक रिपब्लिक विश्वकपमा छनोट भएको हो।निर्धारित समयमा २–२ को बराबरी भएपछि खेलमो निर्णय पेनाल्टी सुटआउटबाट लिनु परेको थियो।
जसमा डेनमार्कमाथि ३–१ को जित निकाल्दै चेक रिपब्लिक २० वर्षपछि विश्वकपमा छनोट हुन सफल भएको हो। सन् २००६ मा अन्तिम पटक विश्वकप खेलेको चेक रिपब्लिक २० वर्षपछि विश्वव्यापी मञ्चमा देखा पर्नेछ। त्यसअघि चेक रिपब्लिक सन् १९३४ र १९६२ मा उपविजेतामा सिमित बनेको थियो।
चेक रिपब्लिकले अन्तिम पटक विश्वकप खेल्दा समुह चरणमा नै सिमित बनेको थियो। पहिलो पटक सन् १९८६ मा विश्वकप खेलेको डेनमार्कले विश्वमञ्चमा उतारचढावपुर्ण यात्रा गरिरहेको छ। सन् २०१० को विश्वकपमा समुह चरणमा नै सिमित बनेको डेनमार्कले २०१४ को विश्वकपमा भने छनोट हुन सकेन। तर लगातार सन् २०१८ र २०१६ को विश्वकप खेलेको डेनमार्क २०२६ मा भने छनोट हुन असफल भयो।



























Discussion about this post