इटहरी । प्रहरीले काठमाडौंको ठमेलस्थित एक होटलबाट २ केजी सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान छन्। उनीहरू प्रेम सम्बन्धमा रहेको बताइएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो। कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार थान डेढ महिनाअघि काठमाडौँ आएका थिए भने चोउ केही दिनअघि मात्रै नेपाल आएकी थिइन्।
बरामद सुन र नगदसहित दुबै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने तयारी प्रहरीले गरेको छ।



























Discussion about this post