इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) विराटनगर र चितवन आमने सामने हुँदैछन् । आज एक मात्रै खेल दिउँसो ४ बजेबाट सुरु हुँदै छ ।प्रतियोगिताको १२ औं खेलमा विराटनगर आफ्नो चौंथो खेलमा अपराजित रहने लक्ष्यमा रहँदा चितवन तेस्रो खेल खेल्न लागेको हो। चितवन अघिल्लो खेलमा लुम्बिनी लायन्स सँग ६ विकेटले हारेकाले जितको लयमा फर्कने लक्ष्य सहित मैदान उत्रिनेछ।
अर्कोतर्फ विराटनगरले जारी सिजन निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकाले विराटनगर आफ्नो अपराजित यात्रा कायम राख्दै अघि बढ्ने लक्ष्यमा छ। विराटनगरले प्रतियोगिताका सबै तीन खेल जितेकाले आत्माविश्वासी रहेको छ।विराटनगरले पहिलो खेलमा पोखरालाई ५३ रनले हराएको थियो भने दोस्रो खेलमा काठमान्डुलाई ५ विकेट तथा तेस्रो खेलमा जनकपुर माथि ९ रनको रोमाञ्चक जित निकालेको थियो। त्यसैले पनि विराटनगर यो खेलमा पनि तुलनात्मक रुपमा आत्माविश्वासी देखिन्छ।
चितवनले भने पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदा दोस्रो खेलमा लुम्बिनीसँग हारेको थियो। त्यसैले उसका लागि यो खेल निकै महत्वपूर्ण हुने छ।अङ्क तालिकामा सुदुरपश्चिम र बिराटनगर ३ खेलमा तीन जित सहित शीर्ष स्थानमा रहँदा काठमान्डुले ४ खेलमा दुइ जित निकालेर ४ अङंक सहित तेस्रो स्थानमा छ भने लुम्बिनी, चितवन र कर्णाली को समान २(२ अङ्क रहेको छ।प्रतियोगितामा साविक च्याम्पियन जनकपुर र पोखरा भने दुइ खेलबाट जितविहीन रहेका छन्।



























Discussion about this post