एजेन्सी । आइतबार दक्षिण अफ्रिकी क्रिकेट टोलीले यस्तो हार भोग्नुपर्यो, जुन उसले कल्पना पनि गरेको थिएन।एकदिवसीय शृंखला जितेपछि पनि इङ्ग्ल्यान्डबाट एकदिवसीय इतिहासकै सबैभन्दा ठूलो हार बेहोर्नुपर्यो।साउथह्याम्प्टनमा ४१४ रनले हारेपछि दक्षिण अफ्रिकी टोलीले केवल ७२ रन मात्र बनाउन सक्यो।
यो एकदिवसीय क्रिकेटको ५४ वर्षको इतिहासमा कुनै पनि टोलीको सबैभन्दा ठूलो हार हो।अफ्रिकाका सात ब्याट्सम्यानले दोहोरो अंकको स्कोर पनि छुन सकेनन्। केवल चार ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सके। कोर्बिन बोसले सर्वाधिक २० रन बनाए।
इङ्ग्ल्यान्ड टोलीमा जो रुट (१००) र ज्याकब बेथेल (११०) ले शतक बनाए। दुई ब्याट्सम्यानले अर्धशतक बनाए। जेमी स्मिथ र जोस बटलरले ले ६२/६२।दक्षिण अफ्रिकाका प्रशिक्षक शुक्री कोनराडले यो हारलाई ‘लज्जास्पद’ भने।कप्तान टेम्बा बाभुमाले भने, ‘यो प्रदर्शनले हाम्रो हालैको एकदिवसीय सफलतालाई न्याय गर्दैन।’ कप्तान टेम्बा बाभुमा चोटका कारण ब्याटिङ गर्न आएनन्।पछिल्लो एक महिनामा दक्षिण अफ्रिकाले अस्ट्रेलिया र इङ्ग्ल्यान्ड दुवैलाई २-१ ले हरायो।अफ्रिकी टोलीले १९९८ पछि पहिलोपटक इङ्ग्ल्यान्डमा शृंखला जित्यो।




























Discussion about this post