इटहरी डेस्क । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालले ८ गोल गरेको छ। शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानको गोल पोस्टमा ८ गोल प्रहार गरेको हो।
नेपालका लागि मीना देउवा र पूर्णिमा राईले ह्याट्रिक गोल गरेका थिए भने समीक्षा मगर र कुसुम खतिवडाले एक/एक गोल गरेका थिए।जारी प्रतियोगितामा भुटानसँग नेपालको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो।प्रतियोगितमा नेपालसहित आयोजक बंगलादेश, भुटान र श्रीलंका सहभागी छन्।
खेल डलब राउन्ड रोबिनका आधारमा भइरहेको छ।नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० गोलले हराएको थियो।आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा भने नेपाल ३-२ गोलले हारेको थियो।नेपाल फेरि सोमबार बंगलादेशसँग भिड्नेछ। उपाधि जित्न नेपालले बंगलादेशलाई पराजित गर्नुपर्नेछ।घरेलु टोली बंगलादेशले ३ खेलबाट अहिलेसम्म ९ अंक बटुलेको छ। सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।




























Discussion about this post