[t4b-ticker]
Saturday, April 18, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

    सर्वोच्चले कांग्रेसको नेतृत्वमा गगन थापालाई वैधता दिनुका तीन कारणहरू

    ‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका–युरोप भ्रमणमा कुलमान

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै उनेपाले सरकारसँग राख्यो ६ बुँदे माग

    अमेरिकी सहायक विदेशमन्त्री सिधै काठमाडौँ आउँदै

    अमेरिकी सहायक विदेशमन्त्री सिधै काठमाडौँ आउँदै

    सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

    सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

    एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

    एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सामुदायिक सार्वभौम नेपालको प्रस्तावना ( पुर्ण पाठ सहित )

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
पुस १०, २०८२ मा प्रकाशित
✅ विचार
सामुदायिक सार्वभौम नेपालको प्रस्तावना ( पुर्ण पाठ सहित )
20
SHARES
Share on FacebookShare on Twitter

हजारौँ वर्षको इतिहाससहित आफ्नै लयमा आफ्नो समग्र सत्वसहित उपस्थित नेपाल एउटा गौरवमय समाज हो । यो देशको प्रत्येक जाति एउटा सभ्यताको रूपमा उपस्थित छ । यस देशमा दर्जनौँ भाषिक राष्ट्रियताहरू सगौरव क्रियाशील छन् । त्यसैले नेपाल बहुराष्ट्रिय राज्य हो । विश्वमा विकसित पाँच महासभ्यताहरू नेपाल भूमिमा विभिन्न कालान्तरमा प्रवेश गरी महासभ्यताहरूको एक सङ्गम थलोका रूपमा नेपाल अवस्थित छ । नेपाल समग्र सांस्कृतिक र भौगोलिक रूपमा जति उर्वर छ, त्यति नै विभिन्न अन्तर्विरोधमा पनि जेलिएको छ । नेपाली समाजमा रहेका अन्तर्विरोध वा समस्याहरूलाई समाधान गर्न पटक पटक राजनीतिक प्रणाली फेरिएका छन् । तर त्यो समाधान हुनुको साटो झन् झन् जटिल हुँदै गएको छ । नेपाली समाजका मुख्य पाँच समस्याहरू छन् । एक, वर्गीय समस्या अर्थात् धनी र गरिबको समस्या । दुई, पितृसत्ताको समस्या । तीन, जात व्यवस्थाको समस्या । चार, उत्पीडित राष्ट्रहरूमाथिको उत्पीडनको समस्या र पाँच वैदेशिक हस्तक्षेप अथवा साम्राज्यवादी उत्पीडनको समस्या । प्रमुख समस्याहरूको जगमा हजारौँ समस्याहरू पुनरुत्पादन भइरहने क्रम चलिरहनु नै नेपाली दुःख हो । संसारमा प्रचलित विभिन्न मोडेलका पुँजीवादी व्यवस्थाका ढाँचा र पुरानो समाजवादी व्यवस्थाका ढाँचा लागू गरेर नेपाली समाजको मुक्ति वा प्रगति सम्भव देखिँदैन, त्यसैले नेपाली समाजको वैज्ञानिक मौलिकतालाई सम्बोधन गर्ने वैज्ञानिक समाजवादी व्यवस्था जरुरी हुन पुगेको छ ।

एक, आजको विश्व साम्राज्यवादको नवउदारवादी नीतिले नेपाललाई मूलतः उत्पादन नगर्ने, केवल उपभोग गर्ने र बहुराष्ट्रिय कम्पनीहरूका निम्ति श्रम शक्ति पठाउने देश बनाइदिएको छ । कृषिलाई अनुत्पादक र निराश बनाइदिएको छ भने उद्योगधन्दा बन्द हुँदै जाने प्रपञ्च छ । यही माखेसाङ्लोबाट बेरोजगारीको ज्वालामुखी फुटेको छ । मुठ्ठीभर दलाल पुँजीपति धनी बन्दै जाने, अरू सबै कङ्गाल हुँदै जाने क्रम विस्तार भइरहेछ । यस मुख्य समस्यालाई समाधान गर्न सम्पूर्ण सम्पत्तिको मालिक अब श्रमजीवी समुदाय हुने, निजी सम्पत्तिको अन्त्य हुने र समुदाय नै उत्पादक, समुदाय नै उपभोक्ता हुने नयाँ वैज्ञानिक समाजवादी कार्यक्रम चाहिएको छ । विज्ञान प्रविधिको विकासले समुदाय नै उत्पादक, समुदाय नै विनिमयकर्ता, समुदाय नै वितरक र समुदाय नै उपभोक्ता भई समाजवादी अर्थव्यवस्था बन्न सक्ने युग सुरु भइसकेको छ । यस्तो अर्थव्यवस्थाले मात्रै नेपाली समाजको वर्गीय समस्या समाधान हुन सक्नेछ ।

याे पनिपढ्नुहाेस्

कसरी बन्छ देश ?

शासक वर्गमाथि टुट्दै गएको भरोसा र संसद

जात व्यवस्थाको कारण दलित जीवन ध्वस्त छ र सिङ्गो समाज अघि बढ्नै नसक्ने गरी कुँजिएको छ ।

https://suchanaportal.com/wp-content/uploads/2025/12/SSCPN_Samajbadi-Karyakram-Prastab.pdf

दुई, निजी सम्पत्ति र समग्र क्षेत्रमा पितृसत्तात्मक प्रभुत्वले महिलाहरूको दासत्वपूर्ण जीवन निर्धारित गरेको छ । निजी सम्पत्तिको अन्त्य र त्यसको सामुदायिक सम्पत्तिमा रूपान्तरण, त्यस सामुदायिक सम्पत्तिमा महिलाको समान हक स्थापित गरेर, घरेलु कामलाई पनि व्यक्ति र राष्ट्रिय आयभित्र लगी सम्मानित गरेर, उत्पादनका सबै क्षेत्रमा महिलाको सहभागिता ग्यारेन्टी गरेर अनि सबै राजनीतिक एकाइमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्दै राज्यको नेतृत्व महिलाले पनि अनिवार्य रूपमा गर्न पाउने व्यवस्थाले मात्र ८ हजार वर्ष लामो पितृसत्तामाथि विजय पाउन सकिनेछ ।

उत्पीडित राष्ट्रहरूको पहिचानको रक्षाका निम्ति उनीहरूको भाषाको रक्षा ग्यारेन्टी हुनु मुख्य आवश्यकता हो ।

तीन, जात व्यवस्थाको कारण दलित जीवन ध्वस्त छ र सिङ्गो समाज अघि बढ्नै नसक्ने गरी कुँजिएको छ । उत्पादनका प्रत्येक एकाईमा दलित सहभागिता र स्वामित्व ग्यारेन्टी गर्ने, आफ्नो समुदायको बारेमा दलित समुदायले निर्णय गर्न पाउने गरी समुदायलाई सार्वभौम बनाउने, प्रत्येक राजनीतिक अङ्गमा समानुपातिक प्रतिनिधित्व गराउने, समग्र क्षेत्रमा क्षतिपूर्तिसहित विशेष अधिकारको निम्ति सम्बोधन गर्ने र अनिवार्य रूपमा दलितले पनि राज्यको नेतृत्व गर्न पाउने व्यवस्थाद्वारा मात्र ३००० वर्षभन्दा लामो जात व्यवस्थाबाट दलितलाई मुक्तितिर लैजान सकिन्छ ।

चार, आफ्नो सभ्यताको लामो इतिहासमा मौलिक भाषासहितका आदिवासी–जनजाति र उत्पीडित भाषिक राष्ट्रहरूको पहिचान भनेको नेपाली समग्र समाजको निम्ति योगदान हो भन्ने सिद्धान्तद्वारा सुशोभित गरेर मात्र उनीहरूको योगदानको सम्मान हुन सक्छ । उत्पीडित राष्ट्रहरूको पहिचानको रक्षाका निम्ति उनीहरूको भाषाको रक्षा ग्यारेन्टी हुनु मुख्य आवश्यकता हो । भाषा,उत्पादन प्रणाली र संस्कृतिको रक्षाको निम्ति उनीहरूले शासन गर्न पाउनुपर्छ । शासन गर्ने अधिकारबिना पहिचानको रक्षा सम्भव छैन । सहभागिताले मात्रै पहिचानको रक्षा सम्भव हुन्न शासन नै गर्न पाउनुपर्दछ । त्यसैले उत्पीडित राष्ट्रहरू (आदिवासी–जनजाति) र भाषिक उत्पीडित राष्ट्रहरूलाई उनीहरूका पुख्र्यौली भूगोलमा उनीहरूको भाषा र अर्को एक भाषा मुख्य हुने गरी दुई मुख्य भाषिक प्रदेशहरू बनाइनुपर्दछ । त्यसै गरी सबै उत्पीडित राष्ट्रहरूको आफ्नो पुख्र्यौली भूमिभित्र ५५ प्रतिशत भन्दा बढी उनीहरूको जनसङ्ख्या भएको भूगोललाई स्वायत्त क्षेत्र बनाउनुपर्दछ । यसो गरेर मात्र त्यो स्वायत्त क्षेत्रमा उनीहरूले शासन गर्ने अधिकार प्राप्त गर्दछन् । यसको साथमा आफ्नो बारेमा आफैले निर्णय गर्न पाउने गैरभौगोलिक सार्वभौम अधिकार प्राप्त गराएर, सबै राजनीतिक अङ्गमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेर र अनिवार्य रूपमा उत्पीडित राष्ट्रहरूले पनि राज्यको नेतृत्व गर्न पाउने व्यवस्थाको सृष्टि गरेर मात्र पहिचान रक्षा हुन सक्नेछ ।

प्रस्तुत समतलीय सङ्घीयताको ढाँचाले उत्पीडित राष्ट्रहरूलाई शासन गर्ने अधिकार दिन्छ । महिला, दलित र मुस्लिमलाई अनिवार्य रूपमा शासन प्रमुख हुने अधिकार उपलब्ध गराउँछ ।

पाँच, जबसम्म आर्थिक रूपमा आत्मनिर्भर र सामाजिक रूपमा आन्तरिक राष्ट्रियता सुदृढ गर्न सकिन्न, तबसम्म साम्राज्यवादी वैदेशिक हस्तक्षेप रोक्न सम्भव हुन्न । शोषक वर्गलाई सत्तामा राखेर, दलाल पुँजीपतिलाई देशको बागडोर दिएर वैदेशिक हस्तक्षेपसँग लड्न सकिन्न । त्यसैले आत्मनिर्भर बनाउने, श्रमजीवी समुदायको हातमा निर्णय गर्ने राजनीतिक सत्ता ल्याउने र सिङ्गै समाजलाई सामुदायिक सेनामा परिणत गर्ने नीतिले मात्र नेपालको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा सम्भव हुँदै जानेछ ।

यिनै आधारभूत दायित्व पूरा गर्ने वैज्ञानिक समाजवादी कार्यक्रम यहाँ प्रस्तुत गरिएको छ । यस कार्यक्रमले पिरामिड आकारको होइन, समतलीय सङ्घीय राज्यको ढाँचा प्रस्तुत गरेको छ । यो राज्य सामुदायिक सार्वभौमिकताको सिद्धान्तमा आधारित भएर संचालन हुनेछ । यस राज्यको ढाँचामा मानिसहरू पेशागत र सांस्कृतिक दुई वटा गैरभौगोलिक इकाईमा सङ्गठित हुन्छन् । आआफ्नो सरोकारका विषय आफै सार्वभौम भई निर्णय गर्न सक्छन् । आफ्नो सरोकारकै प्रतिनिधि छान्छन्, फिर्ता बोलाउन सक्छन्, ती प्रतिनिधिलाई समतलीय भूगोलको सङ्घीय एकाइमा पठाउँछन् । निर्णय सरोकारवाला समुदायले गर्छन् प्रतिनिधिमूलक संस्थाले लागू मात्र गर्न पाउँछ । यो शासकीय स्वरूपले विगतको प्रतिनिधिले शासन गर्ने युगको अन्त्य गर्नेछ । कोही तल र कोही माथि हुने छैनन् । सबै समतलीय हुनेछन् । यहाँ प्रस्तुत शासकीय स्वरूपले सबै सांस्कृतिक समुदायले सहमतिमा राज्यको सबै तहको नेतृत्व गर्न पाउँछन् । यो प्रणाली एक व्यक्ति वा प्रतिनिधि केन्द्रित हुँदैन । यो सहमतीय र समुदायतिर केन्द्रीत प्रणाली हुनेछ । राजनीति र नेतृत्व भनेको भड्किलो रवाफको विषय बन्दैन सेवा र कर्तव्यको विषय बन्दछ । यहाँ प्रस्तुत समतलीय सङ्घीयताको ढाँचाले उत्पीडित राष्ट्रहरूलाई शासन गर्ने अधिकार दिन्छ । महिला, दलित र मुस्लिमलाई अनिवार्य रूपमा शासन प्रमुख हुने अधिकार उपलब्ध गराउँछ । यहाँ प्रस्तुत कार्यक्रमले शिक्षा, स्वास्थ्यलाई समुदायको अधिकारभित्र ल्याउँछ र न्यायलाई बिकाऊ मालबाट मुक्त गर्छ । यो कार्यक्रमले अपाङ्गता भएका समुदाय र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई समेत सम्पूर्ण राजकीय अधिकारसहित सम्मानित गर्दछ । यो कार्यक्रमलाई व्यवहारमा लागू गर्न सङ्घर्ष गर्नु अबको नेपाली समाजको मुख्य आवश्यकता हो ।

पुर्णपाठ

https://suchanaportal.com/wp-content/uploads/2025/12/SSCPN_Samajbadi-Karyakram-Prastab.pdf
 SSCPN_Samajbadi Karyakram Prastab 

सम्बन्धित-समाचार

विचार

कसरी बन्छ देश ?

✍ सूचना पाेर्टल
जेष्ठ १२, २०८२ मा प्रकाशित
0

गोन्द्राङ–पुल्चोक खण्ड एसियाली मापदण्डको सडकको कार्यसम्पन्न भएर उद्घाटन भएको छ । कार्यसम्पन्न हुनुु खुसीको कुरा हो । कार्यसम्पन्न भएर यो...

विचार

शासक वर्गमाथि टुट्दै गएको भरोसा र संसद

✍ सूचना पाेर्टल
जेष्ठ १२, २०८२ मा प्रकाशित
0

डा. शोभाकर पराजुली हिउँदे अधिवेशन समापन भएको २३ दिनपछि संसद्को वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । गत चैत १९ गते...

‘केबलकारले पहिचानको प्रवर्द्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’

जेष्ठ १२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज
समाचार

सर्वोच्चले कांग्रेसको नेतृत्वमा गगन थापालाई वैधता दिनुका तीन कारणहरू

✍ सूचना पाेर्टल
बैशाख ५, २०८३ मा प्रकाशित
0

इटहरी । सर्वोच्च अदालतले तीन आधार देखाउँदै नेपाली कांग्रेसको नेतृत्वमा गगन थापालाई आधिकारिकता दिएको छ। निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षले...

अरु पढ्नुहाेस्...

हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो

बैशाख ५, २०८३ मा प्रकाशित
‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका–युरोप भ्रमणमा कुलमान

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै उनेपाले सरकारसँग राख्यो ६ बुँदे माग

बैशाख ५, २०८३ मा प्रकाशित
अमेरिकी सहायक विदेशमन्त्री सिधै काठमाडौँ आउँदै

अमेरिकी सहायक विदेशमन्त्री सिधै काठमाडौँ आउँदै

बैशाख ५, २०८३ मा प्रकाशित
सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

बैशाख ४, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    322 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    81 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    75 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    71 shares
    Share 28 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    74 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष