[t4b-ticker]
Saturday, April 18, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

    सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

    एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

    एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

    स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

    आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

    आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

    आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

    आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

कसरी बन्छ देश ?

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
जेष्ठ १२, २०८२ मा प्रकाशित
✅ विचार
24
SHARES
Share on FacebookShare on Twitter

गोन्द्राङ–पुल्चोक खण्ड एसियाली मापदण्डको सडकको कार्यसम्पन्न भएर उद्घाटन भएको छ । कार्यसम्पन्न हुनुु खुसीको कुरा हो । कार्यसम्पन्न भएर यो उद्घाटित भएको छ । यस अवसरमा यो कार्यमा सहयोग र सहयोगी हात अगाडि बढाउने सबैलाई धन्यवाद भन्न चाहन्छु । यसमा योगदान गर्ने झन योगदानका पात्र हुँदै हुनुहुन्छ ।

वास्तवमा यो पूर्व–पश्चिम राजमार्गलाई एसियाली स्ट्याण्डरमा विकास गर्नु थियो र यसलाई यसै ठाउँबाट मैले सुरु गर्न किन चाहे भने बुुटवल–भैरहवा पनि यहाँबाट नजिकै पर्छ, हेटौँडा–वीरगञ्ज पनि नजिकै पर्छ, काठमाडौँ जाँदा सेन्टर नै पर्छ, पोखरा जाँदा सेन्टर पर्छ । यो सबै ठाउँको सेन्टर छ । विकासको हिसाबले, पर्यटकीय हिसाबले, शिक्षा, स्वास्थ्यका हिसाबले र अनेक हिसाबले यो केन्द्रको रुपमा छ । यसलाई तदअनुसार नै भरतपुरलाई विकास गर्नुपर्छ, चितवनलाई विकास गर्नुपर्छ भन्ने मेरो धारणा हो । त्यसअन्तर्गत नै यस ठाउँबाट सुरु गर्नुपर्छ भनेर नै सडक विकासको काम एसियाली मापदण्डमा निर्माणको काम यहीँबाट थालिएको थियो ।

याे पनिपढ्नुहाेस्

सामुदायिक सार्वभौम नेपालको प्रस्तावना ( पुर्ण पाठ सहित )

शासक वर्गमाथि टुट्दै गएको भरोसा र संसद

यहाँहरु सबैलाई थाहा छ, सोच कसैले बनाउनुपर्छ । त्यस सोचलाई अगाडि बढाउन सबैको साथ चाहिन्छ । सबैको तत्परता चाहिन्छ, सबैको योगदान चाहिन्छ । जजसले जहाँबाट योगदान पु¥याउन सकिन्छ, सबैको योगदान चाहिन्छ । त्यसैकारण अघि मैले भनेको हुँ, यसमा योगदान गर्ने सबै धन्यवादका पात्र हुनुहुन्छ ।

देश अनेक उचार चढावहरुबाट अगाडि बढ्दै आएको छ । यद्यपि २०४७ सालभन्दा पछि हामी यत्ति अल्झिनुु र अल्मलिनुु हुँदैनथ्यो होला । योभन्दा अलिक लोकतान्त्रिक मूल्य मान्यताअनुसार सुशासनको काम र देशलाई विकासको मार्गमा तीव्रताका साथ अगाडि बढाउने काममा हामी विना अलमल तीव्र गतिमा लाग्नुु पर्दथ्यो होला । आफ्नो ठाउँमा आआफ्नो भूमिकामा रहेर भूमिका पूरा गर्नु पर्दथ्यो । केही कमीहरु रहेका छन् । अलिक ढिला भएको छ तर विकासले गति लिएको छैन भन्ने कुरा होइन । हामीले सडकमा काफी उन्नति गरेका छौँ ।

यसभन्दा अघिल्लो मेरो प्रधानमन्त्रीत्वकालमा मैले देश विकासमा पूर्वाधारमा जोड दिनुपर्दछ, आधारभूत रुपमा पूर्वाधार तयार भएपछि अरु विकासलाई त्यस पूर्वाधारमा, त्यस जगमा टेकेर अगाडि बढ्न सकिन्छ भनेर कामहरु अगाडि बढाएको थिए । त्यसमा पनि कनेक्टिभिटी, विद्युत् जस्ता कुराहरु आवश्यक छ । कनेक्टिभिटीमा बाटा, पुलहरु, हवाइ यातायात त पर्ने नै भयो, गर्मी ठाउँबाट चिसो ठाउँमा फुत्त गएर आराम गर्नुप-यो भने केवलकार चाहियो, एकैछिनमा पुग्ने, प्रदूषणको पनि समस्या छैन ।

सञ्चारको राम्रो प्रबन्ध हुनुप-यो, सञ्चारको विकास हुनुप-यो । त्यसकारण ७७ वटै जिल्लामा अप्टिकल फाइबर ओछ्याएर इन्टरनेट पुु-याउने कार्यहरु तीव्रताका साथ गर्नुपर्छ भनेर मैले नै सुरु गरेको हुँ । त्यो पूरा भएको छ । आज इन्टरनेट सेवा केही दुर्गम ठाउँहरुमा पुग्दैन तर आमरुपमा भन्ने हो भने इन्टरनेट सेवा पुुगेको छ । जहाँ पुुग्दैन, जहाँ पुुगेको छैन र जहाँ अत्यावश्यक छ, जस्तै अस्पताल, विद्यालय त्यहाँ दूरसञ्चार कर्पोरेशनबाट हामी बन्दोवस्त गर्न सक्छौँ । त्यसै गरेर अरु विभिन्न पूर्वाधारका क्षेत्रहरुका साथै यस बीचमा विद्युत् उत्पादनमा असाधारण र उल्लेख्य प्रगति भएको छ ।

खेलकुदका क्षेत्रमा जम्मा एउटा दशरथ रङ्गशाला थियो । त्यो पनि २०७२ सालको भूकम्पले भत्काएपछि देश रङ्गशालाविहीन थियो । अहिले देशका विभिन्न ठाउँमा विभिन्न रङ्गशालाहरु निर्माण भइरहेका छन् । दशरथ रङ्गशाला निर्माण भएको छ, पोखरा रङ्गशाला निर्माण भएको छ, सुर्खेत रङ्गशाला निर्माण भएको छ । अरु पनि रङ्गशालाहरु निर्माण भएका छन् र काम अगाडि बढिरहेको छ । एकैचोटी हामीले यति धेरै कामहरु गरिरहेका छौँ । हामीले विकासको गतिलाई अगाडि बढाएका छौँ ।

खानेपानीको क्षेत्रमा भन्ने हो भने आश्चर्यचकित भइन्छ । अहिले विश्व बंैकले तथ्याङ्कहरु निकालेको छ । जो हामी आफैँ आश्चर्य लाग्ने खालका तथ्याङ्कहरु छन् । यस बीचमा अलिकति गति अवरुद्ध भएको थियो । त्यसका पछाडि केही राजनीतिक कारणहरु थिए । तर ती कुराहरुलाई पनि हामीले सल्टाएका छौँ र विकासको गतिलाई अब तीव्रता दिएका छौँ ।

विकासका लागि स्थिरता र स्थायित्व चाहिन्छ, अहिले देशका प्रमुख दुुई पार्टीहरु मिलेर स्थायित्व र स्थिरता दिने संकल्प र अठोटका साथ अघि बढिएको छ । स्थिरताका साथ देश विकासको कामलाई तीव्रता दिइएको छ । अहिले सुशासन र देश विकासको कामलाई अगाडि बढाइएको छ ।

अहिले एउटा मान्यता स्थापित भएको छ, जोसुकै होस्, कानुन तोड्छ, देशमा विध्वंस मच्चाउन खोज्छ, देशमा संविधान विपरीतका क्रियाकलाप गर्छ वा खासगरी अपराधिक क्रियाकलाप गर्छ भने कोही पनि कानुनभन्दा माथि हुन सक्दैन । त्यस कुरालाई वर्तमान सरकारले कोही पनि कानुुनभन्दा माथि छैन भन्ने कुरा बताइरहेको छ । शान्ति सुुव्यवस्था, भ्रष्टाचार नियन्त्रणका यी कामहरु दृढताका साथ गरिने छन् ।

सुशासनको प्रत्याभूति गर्दै जनतालाई राम्ररी सेवा सुविधाहरु यथाशक्य क्षमताअनुसार उपलब्ध गराउँदै जाने, त्यसका निम्ति पूर्वाधार र अन्य मानव संशाधनको पक्षसमेत विकास गर्दै जाने, शिक्षा र स्वास्थ्यका क्षेत्रमा विकास गर्दै अगाडि बढ्ने नीतिका साथ हामी अगाडि गइरहेका छौँ । त्यसैको फलस्वरुप अघि भर्खर मैले कुरिनटारमा इच्छाकामना गाउँपालिका भवनको उद्घाटन गरेर आएँ । यहाँ बाटो शिलान्यास भएको होइन, निर्माण कार्य सम्पन्न भएको हो । शिलान्यास त भयो, बन्ला कि नबन्ला भन्ने कुरा होइन, बनिसकेपछिको यो उद्घाटन हो । त्यसकारण काम हुन्छ, हँुँदैछ, काम भइरहेको छ र हुनेछ भन्ने कुराको एउटा दृष्टान्त हो ।

एक ठाउँमा मात्रै होइन, देशभरि पूर्व–पश्चिमका आठ खण्डमा यसलाई विभाजन गरेर यसको स्तरोन्नति हुँदैछ । मध्यपहाडी राजमार्ग निर्माण कार्य तीव्रताका साथ हुँदैछ । मदन भण्डारी राजमार्ग केही केही कारणहरु, जस्तै पहिलेकै बाटोसँग जोडेर लैजानुपर्ने अवस्था छ, केही वनका र निकुञ्ज, आरक्षजस्ता कारणले केही केही ठाउँमा अझै ती समस्याको समाधान गरेर निर्माण गर्नुपर्नेछ । नत्र भने काम लगभग सम्पन्न भएका छन् । हुलाकी राजमार्ग मैले भनिरहनुुपरेन । अलिकति आरक्षले गर्दा ठोरीदेखि यता रोकिएको छ । चितवनको खासगरी तीन नम्बर क्षेत्र माडी र पश्चिमको क्षेत्रलाई जोड्ने ठाउँमा बाटो छुटेको छ । नारायणीमा थप पुलको विकास गर्नुपर्नेछ । नारायणीको तटबन्धलाई सम्पूर्ण रुपमा निकट भविष्यमा सुदृढ ढङ्गले सम्पन्न गर्नुपर्दछ । यी कुराहरुतर्फ सरकारको ध्यान गएको छ ।

यो जिल्ला बहुतै ऐतिहासिक जिल्ला छ । यहाँको इतिहास अहिलेको मात्रै होइन, यस ठाउँको इतिहास त्रेतायुुगदेखिको छ । रामजन्मदेखिको इतिहास छ । त्यहाँदेखिको लामो इतिहास छ । यो भूूभाग हाम्रो वास्तवमा एउटा सभ्यताको सुरुवात भएको भूभाग हो । जनकपुरजस्ता, चतराजस्ता ठाउँहरु वा अरु विभिन्न ठाउँहरु, त्यसपछि द्वापरयुुगमा विभिन्न दार्शनिकहरुको यहाँ जन्म भएको थियो ।

तीन हजार वर्षभन्दा यताका मात्रै कुरा गर्ने हो भने स्वास्थ्य विज्ञान, त्यसको पुरानो इतिहास छ । त्यसलाई हामीले विकास गर्न सकिराखेका थिएनौँ । अहिले हामी ध्यान दिइरहेका छौँ । त्यस क्षेत्रमा पनि आयुर्वेद र परम्परागत उपचार पद्धति, हाम्रा जडिबुुटीहरुको विकास गरेर हामी लिएर जाँदैछौँ । यहाँ क्यान्सर अस्पताल, शिक्षण अस्पताल र अरु विभिन्न अस्पताल बनेका छन् । त्यसबाट विद्यार्थीहरु उत्पादन भइरहेका छन् । अब धेरै नयाँ नयाँ कुराहरु यहाँका अस्पतालहरुले गर्दै छन् भन्ने कुरा मैले थाहा पाएको छु । तसर्थ, यस ठाउँलाई हामीले त्यसैगरी एउटा फराकिलो पन र फराकिलो मनका साथ यसलाई विकास गर्नुपर्छ ।

म धेरै कुरा देख्दै, भोग्दै र पचाउँदै आएको व्यक्ति हुँ । जे आउँछ मज्जाले पचाउँछ भनेको जस्तै म सबै कुरा डाइजेष्ट गरिहाल्छुु । तर, अहिले चुनाव लागेको पनि छैन, चुनाव प्रचार गर्नु परेको पनि छैन । त्यतापट्टि गइहाल्नुुपर्ने आवश्यकता पनि छैन ।

म सबैलाई आग्रह गर्न चाहन्छु, सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन, हामीले विकासमा ध्यान दिऊँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मदभेदमा होइन, एकतामा जोड दिउँ । विचारमा र अरु कुरामा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद नराखौँ । देशको विकास गर्नुपर्छ, सबैले विकास गर्नुपर्छ । हामी सबै मिलेर विकास गर्ने हो । अरुले आएर हाम्रो देश बनाउँदैन, कसैले बनाइ दिँदैन । जे सहयोग व्यक्तिहरु वा देशहरुले गर्ने गरेका थिए, अहिले विभिन्न सहयोग धरापमा पर्ने गरेको हामीले देखेका छौँ । अरुको भर पर्दा के हुँदो रहेछ, कति वटा देशले अरुका बलमा लड्ने लडाइँ, अरुका बलमा गरिने विकास यी सबै कुरा पनि हामीले देखेका छौँ, काम लाग्दैन ।

आफ्नो बलमा, आफ्नो राष्ट्रिय एकताका साथ एकजुट भएर अगाडि बढेर हामीले विकास गर्नुपर्छ । त्यसरी मात्रै हामीले हाम्रो देशलाई सुदृढ गर्न सक्छौँ, एकताबद्ध गर्न सक्छौँ, हाम्रो राष्ट्रियतालाई मजबुुत पार्न सक्छौँ, हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन सक्छौँ, हाम्रो डेमोक्रेसीलाई मजबुत पार्न सक्छौँ । त्यसकारण डेमोक्रेसीलाई मजबुत पार्ने, राष्ट्रियता बलियो बनाउने, सुशासन र विकासको गतिलाई अगाडि बढाउने कुरामा एकजुटताका साथ अगाडि बढ्न म सबैलाई आग्रह गर्न चाहन्छु ।

अहिले एसियन स्ट्याण्डरको भनेर हामीले झण्डै सात ९६.०८० किलोमिटर एसियन स्ट्याण्डरमा एउटा बाटो पहिलो बनाएका छौं । यो हाइवे पूर्वदेखि पश्चिमसम्म ९काकडभिट्टादेखि गड्डाचौकीसम्म० यो स्ट्याण्डरको बाटो हुनुुपर्दछ । एउटा कुरा के भन्दा यत्तिकै फराकिलो, यत्तिकै सुविधा सम्पन्न ग्रामीण क्षेत्रमा पनि बनाउनुुपर्ने अथवा खाली क्षेत्रमा बनाउनुुपर्ने वा जङ्गल क्षेत्रमा बनाउनुुपर्ने भन्ने हुँदैन । यो सहरी क्षेत्रमा भएको हुनाले एउटा नमूना हो । यो भन्दा अलिक साँघुराले पनि एसियन स्ट्याण्डर हुन्छ । त्यसकारण हामीले सहरी क्षेत्रमा चौडा बाटाहरु बनाएका छौँ, हाइवेलाई र अरु बाटाहरुलाई पनि ताकी सहरका सवारीका चापहरुदेखि लिएर सबै कुरालाई ध्यानमा राखेर । जेहोस् यसलाई हामी चौडा गर्दैछौँ, अघि पनि मैले भनेँ आठ खण्डमा हामीले निर्माण कार्य अगाडि बढाएका छौँ, सबै ठाउँलाई एसियन स्ट्याण्डरमा बनाउने भनेर । यसमा आठ लेनभन्दा ठूलो छ, फुटपाथ पनि चौडा छ । यस्ता बाटाहरु सहरी क्षेत्रमा निर्माण गर्दै जानुपर्छ ।

मुख्यमन्त्रीजीले भन्नुुभयो बनाउँदै फेरि भत्काउँदै, भत्काउँदै बनाउँदै, एउटा नाममा भत्काउने त्यसो नगरौँ । कुनै चिजको निर्माण सम्पूर्ण रुपमा एकैचोटी गरौँ । ढलको निर्माण, खानेपानी पाइपलाइनको विस्तार, बिजुली वा टेलिफोनको छ भने बाटो निर्माण हुनुुभन्दा अगाडि गर्नुपर्छ । यति स्ट्याण्डरको बाटो बनाएपछि फेरि गैती लिएर बीचमा टङ्-याङ टङ्-याङ खन्ने खालका कामहरु बीचमा गर्नुहुँदैन । त्यसका लागि पहिले नै समग्र डिजाइन गर्नुपर्छ । डिजाइनिङभित्र सर्भिस लेनहरु, अरु सबै कुराको हामीले प्रबन्धहरु गरेका छौँ । त्यसरी नै अगाडि बढाउनुुपर्छ । यो स्ट्याण्डरमा सडक बनेको छ, म खुसी व्यक्त गर्न चाहन्छुु ।

देश नै विकासको बाटोमा अगाडि बढ्दै छ । यहाँका जनताहरुलाई यो सुुविधा उपलब्ध भएको छ, म बधाई भन्न चाहन्छुु । यहाँका सबै जनताले साथ र सहयोग दिनुुभएको छ । म महानगरपालिका र अन्य पालिकाहरुलाई धन्यवाद दिन चाहन्छुु । यहाँका नागरिकहरु कतिले आपूm बसोबास गरिरहेको ठाउँ छोड्नुुपरेको होला । विसं २०२२ मा यसको निर्माण गर्ने कार्यको सुुरुवात भयो भनौँ अथवा लगभग परिकल्पनाको स्थितिबाट अगाडि बढ्न थाल्यो । त्यसबेलादेखि बसिरहेका ठाउँहरु हुनसक्छन् । ती छोड्नुुपरेको होला । जेसुकै भए पनि आफ्नो घर भत्किँदा व्यक्तिलाई रमाइलो लाग्दैन तर देशको विकासका लागि त्यस्तो कामहरु गर्नुपर्ने हुन्छ । त्यसको वैकल्पिक व्यवस्था गर्नुपर्ने हुन्छ ।

वैकल्पिक व्यवस्था पहिला नगरिएको भए पनि आजको समयमा र जनताका पीरमर्काप्रति हामी अत्यन्त संवेदनशील छौँ । त्यसकारण जनतालाई परेका पीरमर्काहरुको वैकल्पिक व्यवस्था गरेर नै अगाडि बढेका छौँ र त्यसै गरी अगाडि बढ्छौँ । म यस सफलताका लागि खुुसी व्यक्त गर्दै बधाइ र शुुभकामना भन्न चाहन्छुु । नयाँ वर्ष पनि भर्खरै प्रारम्भ भएको छ । नयाँ वर्ष अझै ३६० दिन चोखै बाँकी छन् । सबैका निम्ति सुखमय, सफलताका र सुुस्वास्थ्यका दिनहरु रहुुन् । धेरै धेरै शुुभकामना छ ।

(सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ वैशाख ५ गते पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ सडकको उद्घाटनसभालाई गर्नुभएको सम्बोधनका आधारमा उहाँको स्वकीय सचिवालयबाट तयार गरिएको)

सम्बन्धित-समाचार

सामुदायिक सार्वभौम नेपालको प्रस्तावना ( पुर्ण पाठ सहित )
विचार

सामुदायिक सार्वभौम नेपालको प्रस्तावना ( पुर्ण पाठ सहित )

✍ सूचना पाेर्टल
पुस १०, २०८२ मा प्रकाशित
0

हजारौँ वर्षको इतिहाससहित आफ्नै लयमा आफ्नो समग्र सत्वसहित उपस्थित नेपाल एउटा गौरवमय समाज हो । यो देशको प्रत्येक जाति एउटा...

विचार

शासक वर्गमाथि टुट्दै गएको भरोसा र संसद

✍ सूचना पाेर्टल
जेष्ठ १२, २०८२ मा प्रकाशित
0

डा. शोभाकर पराजुली हिउँदे अधिवेशन समापन भएको २३ दिनपछि संसद्को वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । गत चैत १९ गते...

‘केबलकारले पहिचानको प्रवर्द्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’

जेष्ठ १२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज
BANNER

सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
0

इटहरी । नेपाली कांग्रेसको आधिकारीकता गगन थापा नेतृत्वको टिमलै नै पाएको छ।सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको...

अरु पढ्नुहाेस्...
एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

बैशाख ४, २०८३ मा प्रकाशित
संघीय सरकारको निर्णय स्थानीय सरकारले नमान्ने, विद्यालय भर्ना सुरु गर्न आग्रह

संघीय सरकारको निर्णय स्थानीय सरकारले नमान्ने, विद्यालय भर्ना सुरु गर्न आग्रह

बैशाख ४, २०८३ मा प्रकाशित
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

बैशाख ४, २०८३ मा प्रकाशित
स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

बैशाख ४, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    322 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    81 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    75 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    71 shares
    Share 28 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    74 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष