[t4b-ticker]
Monday, May 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

    अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

परिवार नियोजन: महिलालाईभन्दा पुरुषलाई सम्झाउन गाह्रो

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
पुस ३०, २०८२ मा प्रकाशित
✅ स्वास्थ्य
परिवार नियोजन: महिलालाईभन्दा पुरुषलाई सम्झाउन गाह्रो
19
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधाम ।  पछिल्ला वर्षहरूमा धनुषाका अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन्।  पायक पर्ने स्थानमा परिवार योजनाको सेवा उपलब्ध हुन थालेपछि ती समुदायले परिवार योजनाको स्थायी र अस्थायी साधन निर्धक्क उपयोग गर्न थालेका हुन्।

परिवार योजनाका स्थायी माध्यम ‘मिनील्याप’ (महिला बन्ध्याकरण), ‘भ्यासेक्टोमी’ (पुरुष बन्ध्याकरण) पर्दछन् । त्यसैगरी महिलाका लागि परिवार योजनाका लामो अवधि काम गर्ने आइयुसिडी, इम्प्लान्ट र छोटो अवधि काम गर्ने (तीनमहिने सुई डिपो, खानेचक्की पिल्स) र पुरुषका लागि कण्डम पर्छन्।

याे पनिपढ्नुहाेस्

साँगुरीगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

दन्तमञ्जन हानिकारक भन्दै कडा नियमनको माग

जिल्लास्थित दलित समुदाय (मण्डल, खत्वे, महरा, सदा, दास, रजक लगायत)का विशेषगी महिलाहरू परिवार योजनाअन्तर्गतका स्थायी र अस्थायी साधनको सेवा ‘लुकेर होइन, खुलेर’ सेवालाई उपयोग गर्न थालेका छन्। ती समुदायका पुरुषले परिवार व्यवस्थापनअन्तर्गतका अस्थायी साधन प्रयोग गर्ने गरेका भए पनि स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ गराउन अझै रुचाउँदैनन्।

तराई-मधेसमा ‘भ्यासेक्टोमी’ र हिमाल, पहाडमा ‘मिनील्याप’ सेवा लिने अन्यन्त न्यून हुने गर्दछन् । मधेसमा महिलाभन्दा पुरुष र पहाडमा पुरुषभन्दा महिला श्रममा सक्रिय हुनुपर्छ र ‘स्थायी बन्ध्याकरण गराउँदा बल घट्छ’ भन्ने गहिरो मान्यता विद्यमान छ। मधेसमा कुल प्रजननदर २.४ प्रतिशत र ‘अनमिड निड’ (चाहेर पनि परिवार योजनाको साधन प्रयोग गर्न नपाउने दर) अझै ३२ प्रतिशत छ।

जिल्ला स्वास्थ्य कार्यालय, सम्बन्धित पालिकाका समन्वयमा मेरीस्टोप्स (एमएसआई), सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा अतिविपन्न समुदायलाई पायक पर्ने स्थानमा नै निःशुल्क ‘एकीकृत परिवार योजना शिविर’ सञ्चालन हुन थालेपछि ती साधन र सेवामा विपन्न समुदायको सहज पहुँच विस्तारै बढ्न थालेकोे हो । स्थायी बन्ध्याकरणका सेवा सुगम स्थानका स्वास्थ्य संस्थाबाट मात्र उपलब्ध हुँदा सेवाग्राही शिविरकै प्रतिक्षा गरेर बस्नुको अर्को विकल्प छैन।

जिल्ला स्वास्थ्य कार्यालय धनुषाले गत मङ्सिर २१ गतेदेखि यही पुस ३० गतेसम्म १८ वटै पालिकालाई समेट्नेगरी पालिकासँगको समान्वय र साझेदारी तथा एमएसआई, सुनौलो परिवारको प्राविधिक सहयोग लिएर ‘एकीकृत परिवार योजना शिविर’ सञ्चालन गरेको छ।

कार्यालयका प्रमुख एवं जनस्वास्थ्य प्रशासक उमेश यादवले भने, ‘पायक पर्ने स्थानमै परिवार योजनाका सेवा चाहनेहरूका लागि ‘एकीकृत परिवार योजना शिविर’ महत्त्वपूर्ण हुँदै आएका छन् । यस वर्ष गत मङ्सिर २१ देखि यही पुस ३० गतेसम्म १८ वटै पालिकालाई समेट्नेगरी शिविर सञ्चालन भयो । यस्ता शिविरमा अतिविपन्न समुदायका विशेषगरेर महिलाहरूमा ‘परिवार योजनाको सेवा’ अन्तर्गत स्थायी बन्ध्यकरण अर्थात् मिनील्याप सेवा लिन आउँदछन् । उनीहरूबिना हिच्किचाहट सेवा लिन थालेका छन् । साथै सेवा लिने दरसमेत क्रमशः बढ्दै गएको छ।’

उनका अनुसार यस्ता शिविरले परिवार योजनाको सेवाको पहुँच बाहिर रहेका अतिविपन्न समुदायलाई सेवाको पहुँचमा ल्याउन कोशेढुङ्गाको काम गरेका छन्। यस वर्ष परिवार कल्याण महाशाखाले धनुषा जिल्लालाई शिविरमार्फत बन्ध्याकरण सेवा दिनुपर्ने लक्ष्य ९६० जना निर्धारण गरेको छ।

यसपटक सो लक्ष्य पूरा हुने कठिन हुने जनस्वास्थ्य प्रशासक यादवले जानकारी दिए। उनले भने, ‘परिवार व्यवस्थापन सेवाका लागि बजेट कटौती भयो । कतिपय स्थानमा सेवाग्राहीको माग हुँदाहुँदै दुई दिन सञ्चालन गर्नुपर्ने शिविर एक दिनमात्र सञ्चालन गर्नुपर्ने अवस्था आयो। बन्ध्याकरण सेवा लिन चाहनेलाई अर्को वर्ष कुर्नुपर्ने अथवा जनकपुर आउनुपर्ने अवस्था आयो।’

यसपटक स्वास्थ्य कार्यालले ‘सेन्टर टु पेरिफेरी’ अर्थात् जिल्लाको सुगमस्थानदेखि बन्ध्याकरण शिविर थालनी गरेर अतिदुर्गम गाउँ–टोलसम्म पुर्याएको थियो । कार्यालयको हाताभित्र रहेको प्रादेशिक अस्पताल जनकपुरबाट परिवार योजनाका सबै सेवा नियमित उपलब्ध हुने गरेका छन्।

यातायातको सुविधाले थप सहज
सेवाग्राहीलाई शिविरमा ल्याउन थप सहज बनाउन जिल्ला स्वास्थ्य कार्यालले यातायातकोे प्रबन्ध गरेको थियो। कार्यालयका पब्लिक हेल्थ नर्सिङ निरीक्षक अम्बिका दासले भने, ‘विपन्न सेवाग्राहीलाई परिवार योजनाको पहुँचमा ल्याउन यातायातको व्यवस्थापन गरेका हौँ । शिविरको सेवापश्चात घरघर पु¥याइदिँदा उनीहरूलाई थप सहज हुन्छ।’

जिल्लाभरका शिविर व्यवस्थापनको संयोजकसमेत रहनुभएकी नर्सिङ निरीक्षक दासले विपन्न समुदायका लागि पायक पर्ने स्थानमा सञ्चालित शिविर भएको बताए।जिल्ला स्वास्थ्य कार्यालयले कमला नगरपालिकाको समन्वयमा एमएसआई, सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा निःशुल्क ‘एकीकृत परिवार योजना शिविर’ यही पुस २३ र २४ मा कमला नगरपालिका–९ स्थित दुवरकोट स्वास्थ्यचौकीमा सञ्चालन गरेको थियो।

कमला नगरपालिका–३ लग्माभानपट्टिकी महिला स्वयंसेविका राजकुमारी महराले सेवाग्राहीलाई शिविरमा ल्याउन र बन्ध्याकरणपछि घर पुर्याउन गाडीको व्यवस्था हुँदा थप सहज भएको बताए। विसं २०७८ देखि स्वयंसेविकाको काम गर्दै आएकी उनले भनिन्, ‘सन्तानको रहर पुगेका पुरुषरमहिला अझै स्थायी बन्ध्याकरण (अप्रेशन) गराउनु हुँदैन भन्दछन् ।

सम्झाउन हम्मे पर्छ । लुकेर भारतमा गएर बन्ध्याकरण गराएर आउँछन् । घर पायकमा शिविर आउन हिच्किचाहट गर्छन् । जाने आउने, व्यवस्था छ भन्दा डराउँछन् । दश दिन गाउँ डुलेर बल्ल पाँच जना सन्तानका रहर पुगेका महिलालाई ‘मिनील्याप’ गर्नुपर्छ भनेर सम्झाएँ । शिविरमा त तीन जनामात्र आए । जबर्जस्ती शिविरमा आऊ भन्ने कुरा भएन । पुरुषलाई भन्न पनि छाडिदिएँ । सुने नसुनेको जस्तो गर्छन्।’

कमला नगरपालिका–५ की महिला स्वयंसेविका निर्मला मण्डल परिवार व्यवस्थापन सेवाका बारेमा महिलालाई भन्दा पुरुषलाई सम्झाउन अप्ठ्यारो पर्ने बताउछिन्। आफ्नो समुदायको पहिलो महिला स्वयंसेविका उनले भनिन्, ‘महिलाहरू आइयुसिडी, इम्प्लान्ट, डिपो, पिल्स नै रोज्दछन् तर स्थायी बन्ध्याकरण गराउन अझै अप्ठ्यारो मान्छन् । दुरकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको सुविधा भएकाले सुत्केरी हुन ल्याउँदा सम्झाउने गरेका छौँ।’

कमला नगरपालिका–९ की महिला स्वयंसेविका मञ्जुकुमारी मण्डलले परिवार योजनाका बारेमा महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो हुने सुनाइन्। उनले भनिन्, ‘सन्तानको रहर पुग्यो, स्थायी बन्ध्याकरण गराउनुहोस् भन्दा महिला मान्दछन् , तर पुरुष मान्दैनन् । बन्ध्याकरण शिविरबाट विपन्न महिलालाई सहयोग पुगेको छ।’कमला नगरपालिका–४ बलहासधाराकी महिला स्वयंसेविका हरिजन खातुन आफ्नो समुदायको अग्रणी स्वयंसेविका हुन्। उनले स्वसंसेविकाको काम गरेको १२ वर्ष बितिसक्यो।

उनी भन्छिन्, ‘म आफ्नो समुदायमा आफैँलाई उदाहरण दिएर सम्झाउँछु । मैले बन्ध्याकरण गरेकी छु केही भएको छैन । करले होइन, रहरले परिवार योजनाको व्यवस्थापन गर्न सकिन्छ। अन्यत्र गएर लुकेर, जोखिम मोलेर सेवा लिनुभन्दा पायक पर्ने शिविरमा परिवार व्यवस्थापनका निःशुल्क सेवा लिन हिच्किचाहट गर्नुहुँदैन।’ उनले स्थायी बन्ध्याकरण गराउन पैसा लाग्छ भन्ने हल्लाका कारण पनि महिला शिविरमा आउन नमान्ने बताइन्।

कमला नगरपालिका–५ भलुहवाकी ३५ वर्षीय सानु सदाले भनिन्, ‘हाम्रो वंशजका महिलाहरूले अहिलेसम्म स्थायी बन्ध्याकरणका लागि ‘मिनील्यापको शल्यक्रिया’ गराएका छैनन्। यो हाम्रो पुस्तौँदेखि चल्दै आएको चलन हो। बन्ध्याकरण गराउँदा क्षति हुन्छ भन्ने बूढापाकाको भनाइ रहँदै आएको छ।’परिवार योजनाअन्तर्गत आफूले इम्प्लान्ट सेवा लिन शिविरमा आएको उनले बताइन्।

कमला नगरपालिका–४ बलाहासाधराकी ३४ वर्षीय निर्मला दासले घर यायक पर्ने स्थानमा परिवार योजनाको शिविर सञ्चालन हुँदा सेवा लिन सहज भएको बताइन्। कमला नगरपालिका–९ स्थित दुवरकोट स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी रुपा सदा पछिल्ला वर्षहरुमा विपन्न दलित समुदायमा परिवार योजनाको विषयमा कुराकानी हुने गरेको र यस्ता सेवा समेत उपयोग गर्ने गरेको जानकारी दिइन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले पछिल्ला वर्षहरूमा परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेष गरेर एकीकृत परिवार योजना शिविर सञ्चालन गर्न सेवाप्रदायक संस्थासँग समन्वयात्मक र साझेदारी नीति अवलम्बन गरेको छ।

जिल्ला जनस्वास्थ्य रस्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्रमार्फत आवश्यक सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमै एकीकृत परिवार योजना शिविर सञ्चालनमा स्वास्थ्य कार्यालयलाई प्राविधिक सहयोग पुर्याउने समझदारीको ढाँचा रहेको परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाका प्रमुख शर्मिला दाहाल पौडेलले जानकारी दिइन्।

परिवार योजना  एवं सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएको एमएसआई नेपालका वरिष्ठ सल्लाहकार केपी उपाध्याय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत एकीकृत परिवार योजना शिविर सञ्चालनको ‘मोडालिटी’ ले विशेष गरेर विपन्न समुदायसम्म परिवार योजनाको सेवाको पहुँच पु¥याउने काम गरेको बताउँछन्।

‘हामी जिल्ला जनस्वास्थ्य-स्वास्थ्य कार्यालयले पालिका तहहरूसँग समन्वय र सहकार्यमा शिविर सञ्चालन गर्न प्राविधिक सहयोग गर्दछौँ । यसका लागि ती निकायसँग समझदारी गर्दछौँ,’ उनी भन्छन्।सुनौलो परिवार नेपालका उपनिर्देशक अनिल यादवले सस्थाले अहिले सातवटै प्रदेशलाई समेट्ने गरी नौवटा ‘मेडिकल टिम’ शिविरमा परिचालन गरेको जानकारी दिए।

सम्बन्धित-समाचार

साँगुरीगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
काेशी

साँगुरीगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

✍ सूचना पाेर्टल
फाल्गुन २, २०८२ मा प्रकाशित
0

धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा तथा दिगोपना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “स्थानीय...

दन्तमञ्जन हानिकारक भन्दै कडा नियमनको माग
समाचार

दन्तमञ्जन हानिकारक भन्दै कडा नियमनको माग

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दन्तमञ्जन (दुथपेष्ट) सहित सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न...

सरकारले स्वास्थ्य बिमाको सुविधा खुम्च्यायो, ओपीडीमा २५ हजारसम्म मात्रै दिने

सरकारले स्वास्थ्य बिमाको सुविधा खुम्च्यायो, ओपीडीमा २५ हजारसम्म मात्रै दिने

माघ १९, २०८२ मा प्रकाशित
लहान अस्पतालको गम्भीर लापरबाही: परीक्षणका लागि राखिएको किशोरीको शव अर्कैले लगेर गरे अन्त्येष्टि

लहान अस्पतालको गम्भीर लापरबाही: परीक्षणका लागि राखिएको किशोरीको शव अर्कैले लगेर गरे अन्त्येष्टि

माघ १३, २०८२ मा प्रकाशित
सर्लाहीका सात जनामा दादुरा संक्रमण पुष्टि

सर्लाहीका सात जनामा दादुरा संक्रमण पुष्टि

माघ ११, २०८२ मा प्रकाशित
इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

माघ १, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा
BANNER

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

✍ सूचना पाेर्टल
बैशाख २८, २०८३ मा प्रकाशित
0

इटहरी ।  सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ। सोमबार संघीय संसद्को संयुक्त...

अरु पढ्नुहाेस्...
मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

बैशाख २७, २०८३ मा प्रकाशित
अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

बैशाख २७, २०८३ मा प्रकाशित
सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

बैशाख २५, २०८३ मा प्रकाशित
इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

बैशाख २५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    78 shares
    Share 31 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    77 shares
    Share 31 Tweet 19
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    324 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?

    23 shares
    Share 9 Tweet 6
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    327 shares
    Share 131 Tweet 82

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष