•  १८ बैशाख २०८१, मंगलवार
  •  6:36:12 PM

देवानगञ्जका पूर्व अध्यक्ष मेहताको हृदयघातबाट निधन

- मंसिर २७, २०८० मा प्रकाशित


सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ ।

६९ वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिए । मेहतलाई हृदयघातपछि अस्पताल भर्ना गरिएको थियो । उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र पूर्व जिल्ला सदस्य समेत थिए ।

मेहताको निधनले सुनसरी कांग्रेसलाई क्षति पुगेको कांग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाले बताए । उनको आज धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारिक स्रोतले जानकारी दिएको छ ।

Comments

सम्बन्धित खवर