•  १८ बैशाख २०८१, मंगलवार
  •  7:50:53 PM

ताप्लेजुङकाे फुङ्लिङमा आगलागी , घर बाहेक ५ लाखकाे क्षती

- मंसिर २३, २०८० मा प्रकाशित


ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहान एउटा घरमा आगो लाग्दा घर बाहेक पाँच लाख बराबरको क्षति भएको छ।

सदरमुकामस्थित बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए।

फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ।

Comments

सम्बन्धित खवर