संबिधान दिवसको अवसरमा संखुवासभाबाट ६ कैदी बन्दी रिहा
- आश्विन ४, २०७९ मा प्रकाशित
संखुवासभा । संखुवासभाबाट ६ जना कैदी बन्दीहरु रिहा भएका छन । संबिधान दिवसको अवसर पारेर उनीहरुलाई रिहा गरिएको जिल्ला कारागार कार्यालयले जनाएको छ । बिभिन्न घटनामा कैद भुक्तान गरि रहेका उनीहरुले ५० प्रतिशत कैद पुरा गरेकाले रिहा भएका हुन ।
जिल्ला कारागार संखुवासभाका जेलर बिनोद अधिकारीका अनुसार कारागारबाट रिहा भएकाहरुमा चैनपुर नगरपालिका वडा नम्वर ३ का देवीमाया तामाङ्ग, खाँदबारी नगरपालिका वडा नम्वर ३ का कमल दर्जी, चैनपुर नगरपालिका वडा नम्वर ५ का दोर्ची शेर्पा, पाँचखपन नगरपालिका वडा नम्वर ३ का डम्बर सिंह बिश्वकर्मा, मकालु गाउँपालिका वडा नम्वर ३ का साने भनिने निमातेम्बा शेर्पा र छथर गाउँपालिका वडा नम्वर ३ तेह्रथुमका तोर्णप्रसाद न्यौपाने रहेका छन । रिहा भएका उनीहरुलाई आफन्तको जिम्मामा पठाईएको हो । उनीहरुको आचरणमा समेत उल्लेख्य सुधार देखिएकोले बाँकी कैद मिनाहा गरिएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
Comments