•  ६ बैशाख २०८१, बिहीबार
  •  12:31:06 PM

संबिधान दिवसको अवसरमा संखुवासभाबाट ६ कैदी बन्दी रिहा

- आश्विन ४, २०७९ मा प्रकाशित


संखुवासभा । संखुवासभाबाट ६ जना कैदी बन्दीहरु रिहा भएका छन । संबिधान दिवसको अवसर पारेर उनीहरुलाई रिहा गरिएको जिल्ला कारागार कार्यालयले जनाएको छ । बिभिन्न घटनामा कैद भुक्तान गरि रहेका उनीहरुले ५० प्रतिशत कैद पुरा गरेकाले रिहा भएका हुन ।

जिल्ला कारागार संखुवासभाका जेलर बिनोद अधिकारीका अनुसार कारागारबाट रिहा भएकाहरुमा चैनपुर नगरपालिका वडा नम्वर ३ का देवीमाया तामाङ्ग, खाँदबारी नगरपालिका वडा नम्वर ३ का कमल दर्जी, चैनपुर नगरपालिका वडा नम्वर ५ का दोर्ची शेर्पा, पाँचखपन नगरपालिका वडा नम्वर ३ का डम्बर सिंह बिश्वकर्मा, मकालु गाउँपालिका वडा नम्वर ३ का साने भनिने निमातेम्बा शेर्पा र छथर गाउँपालिका वडा नम्वर ३ तेह्रथुमका तोर्णप्रसाद न्यौपाने रहेका छन । रिहा भएका उनीहरुलाई आफन्तको जिम्मामा पठाईएको हो । उनीहरुको आचरणमा समेत उल्लेख्य सुधार देखिएकोले बाँकी कैद मिनाहा गरिएको छ ।

Comments

सम्बन्धित खवर