•  १८ बैशाख २०८१, मंगलवार
  •  8:09:30 PM

जता हेर्याे त्यतै महंगी : अब सुनमा पनि यति धेरै महशुल बढाउने तयारीमा सरकार

- असार २०, २०७९ मा प्रकाशित


काठमाडाैं ।  भारत सरकारको निर्णयपछि नेपाल सरकारले पनि सुनमा भन्सार महशुल बढाउने तयारी गरेको छ । भारतले भन्सार बढाउँदा नेपालभन्दा भारतमा सुन सस्तो भएपछि नेपालबाट तस्करी हुने सम्भावना भएकाले भन्सार बढाउने विषयमा अर्थ मन्त्रालयमा छलफल भएको छ । 

गत वर्ष भारतमा भन्दा नेपालमा चाँदी सस्तो भएपछि नेपालबाट चाँदी तस्करी निकै बढेको थियो । त्यसरी नै सुन पनि तस्करीको जोखिम हुने भएसँगै भारत बराबर नै सुनको भन्सार बढाउने विषय उठेको हो । 

गत शुक्रबार भारत सरकारले सुन आयातमा लाग्दै आएको भन्सार कर बढाएको थियो । भारत सरकारले ७.५ प्रतिशतबाट बढाएर भन्सार महशुल १२.५ प्रतिशत बनाएको छ । साथै भारतमा यसका अतिरिक्त ३ प्रतिशत गुड्स एण्ड सर्भिस ट्याक्स (जीएसटी) समेत लाग्छ ।

हाल नेपालमा प्रति १० ग्राममा सरकारले ८ हजार ५ सय रुपैयाँ भन्सार महशुल लाग्ने व्यवस्था छ । विश्वको दोस्रो ठूलो सुन खपत हुने भारतमा भन्सार बढाएसँगै माग कम हुने त्यहाँको सरकारको अपेक्षा छ ।

भारतले देशमा खपत हुने सुनको ठूलो हिस्सा आयातमार्फत् पूरा गर्दै आएको छ । आयातमा निर्भर रहेको अवस्थामा भन्सार कर बढाउँदा यसले भारतीय मुद्रा थप अबमूल्य हुने विश्लेषकहरुको भनाइ छ ।

सुन आयातमा अत्यधिक विदेशी मुद्रा खर्च हुन थालेपछि भारत सरकारले सुन आयात, चालु खाता घाटाबारे सुक्ष्म निगरानी बढाएको छ ।

तथ्यांक अनुसार भारतले गत वर्षको तुलनमा सुनमा आयातमा मात्रै ९ गुणा बढी ७.७ बिलियन डलर बढी खर्च गरिसकेको छ । जसले व्यापार घाटा बढाएको छ ।

Comments

सम्बन्धित खवर