जता हेर्याे त्यतै महंगी : अब सुनमा पनि यति धेरै महशुल बढाउने तयारीमा सरकार
- असार २०, २०७९ मा प्रकाशित
काठमाडाैं । भारत सरकारको निर्णयपछि नेपाल सरकारले पनि सुनमा भन्सार महशुल बढाउने तयारी गरेको छ । भारतले भन्सार बढाउँदा नेपालभन्दा भारतमा सुन सस्तो भएपछि नेपालबाट तस्करी हुने सम्भावना भएकाले भन्सार बढाउने विषयमा अर्थ मन्त्रालयमा छलफल भएको छ ।
गत वर्ष भारतमा भन्दा नेपालमा चाँदी सस्तो भएपछि नेपालबाट चाँदी तस्करी निकै बढेको थियो । त्यसरी नै सुन पनि तस्करीको जोखिम हुने भएसँगै भारत बराबर नै सुनको भन्सार बढाउने विषय उठेको हो ।
गत शुक्रबार भारत सरकारले सुन आयातमा लाग्दै आएको भन्सार कर बढाएको थियो । भारत सरकारले ७.५ प्रतिशतबाट बढाएर भन्सार महशुल १२.५ प्रतिशत बनाएको छ । साथै भारतमा यसका अतिरिक्त ३ प्रतिशत गुड्स एण्ड सर्भिस ट्याक्स (जीएसटी) समेत लाग्छ ।
हाल नेपालमा प्रति १० ग्राममा सरकारले ८ हजार ५ सय रुपैयाँ भन्सार महशुल लाग्ने व्यवस्था छ । विश्वको दोस्रो ठूलो सुन खपत हुने भारतमा भन्सार बढाएसँगै माग कम हुने त्यहाँको सरकारको अपेक्षा छ ।
भारतले देशमा खपत हुने सुनको ठूलो हिस्सा आयातमार्फत् पूरा गर्दै आएको छ । आयातमा निर्भर रहेको अवस्थामा भन्सार कर बढाउँदा यसले भारतीय मुद्रा थप अबमूल्य हुने विश्लेषकहरुको भनाइ छ ।
सुन आयातमा अत्यधिक विदेशी मुद्रा खर्च हुन थालेपछि भारत सरकारले सुन आयात, चालु खाता घाटाबारे सुक्ष्म निगरानी बढाएको छ ।
तथ्यांक अनुसार भारतले गत वर्षको तुलनमा सुनमा आयातमा मात्रै ९ गुणा बढी ७.७ बिलियन डलर बढी खर्च गरिसकेको छ । जसले व्यापार घाटा बढाएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख ५, २०८१Ставки На Спорт В России на Sports Ru: список Лучших Букмекеров европе, Последние Новости, актуальные Прогнозы На Спортивные Матч
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
-
ताजा चैत्र २८, २०८०इटहरीका विरबहादुर : खानेपानी निर्वाचनमा विजयी बने : बधाई थाप्न नपाइ अस्ताए
Comments