कैलाली । कैलालीमा एक युवकले भरुवा बन्दुकबाट गोली हानेर श्रीमतीको हत्या गरेका छन्।गोदावरी नगरपालिका-४ अमलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले २८ वर्षीया श्रीमती सञ्जिता मगरको हत्या गरेका हुन्।
जंगलमा बाख्रा चराउन गएका बेला विवाद हुँदा उनले गोली हानेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले बताए।
उनका अनुसार श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैँलाई पनि गोली हानेका छन्।उनको अवस्था गम्भीर रहेको र सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

























Discussion about this post