इटहरी । इटहरी उपमहानगरपालिका ६ नं वडामा रहेका बिभिन्न संघ संस्था एवम टोल कमिटीमा आवद्ध महिला प्रतिनिधिहरूलाइ ३ दिने क्षमता अभिबृद्धिका लागि प्रस्तावना तथा प्रतिवेदन लेखन र लागुऔषध दुर्व्यवसन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा महिला प्रतिनिधिहरूलाइ प्रस्तावना लेखन सम्बन्धी तालिम संगै लागु औषध दुर्व्यवस्नीले समाज र घर परिवारमा पार्ने नकरात्मक असर साथै बर्तमान कानुनी प्रावधान दन्ड जरिवाना बारे सचेतना जगाइएको थियो । कार्यक्रममा ६० जना भन्दा बढी महिलाहरूको सकृिय सहभागिता रहेको थियो ।
असार २२ गते देखि सञ्चालन भएर २४ गते समापन गरिएको कार्यक्रममा उपमहानगरका कानुनी सल्लाहाकार कमल पोख्रेलले प्रस्तावना तथा प्रतिवेदन लेख्दा ध्यान दिनुपर्ने कुराहरू बारे सहजिकरण गरेका थिए भने । इलाका प्रहरी कार्यालय इटहरीकी वरिष्ठ प्रहरी नायव निरिक्षक कृष्णा कुमारी अधिकारीले समाजमा बढदो लागुऔषध दुर्वयवस्नी , नियन्त्रणका उपाय र प्रहरीले समुदाय स्तरमा गरिउको सचेतना सम्बन्धी कार्यक्रमहरू बारे प्रकास पारेकि थिइन । उनले बर्तमान अवस्थामा लागुऔषध सेवन गर्नु र गराउनु साथै बिक्री बितरण र ओसार प्रसारमा संलग्न हुनुपनि सामाजिक अपराध रहेको बताउदै यस्ता अपराधिक गतिविधिहरूबाट समाजलाइ टाढा लान महिलाहरूको पनि विशेष भुमीका रहने उल्लेख गरिन ।
कार्यक्रमका प्रमुख अतिथी ६ नं वडा कार्यालयका वडाध्यक्ष दिवश पोख्रेलले प्रस्तावना लेखन तालिमले महिला दिदि बहिनीहरूको क्षमता अभिबृद्धि गराउन मदत पुर्याउने र लागुऔषध दुर्व्यवस्नी विरूद्धको अभियानले महिलाहरूलाइ गाउ घरका गतिविधिहरूबारे सचेत गराउने बताए । साथै यस्ता सामाजिक कार्यक्रमहरूलाइ वडाले प्रत्येक वर्ष सिमित बजेट बिनियोजन गरी निरन्तरता दिदै आएको पनि बताए । कार्यक्रम ६ नं वडा कार्यालयकी वडा सदस्य रमला तामाङको अध्यक्षतामा सम्पनन भएको थियो ।




























Discussion about this post