भोजपुर । भोजपुर जिल्लाको अरुण गाउँपालिका-७ का २७ वर्षीय सागर थापा मृत अवस्थामा फेला परेका छन्। झापास्थित मावली घरबाट असार १६ गते फर्किएका थापा घर नपुगेपछि आफन्तले खोजतलास गर्दा धनकुटाको पाख्रीवास नगरपालिका–५, रुपटारस्थित खेतबारीमा घोप्टो परेको अवस्थामा उनी मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार, असार १७ गते साँझ करिब ६: ३० बजे थापाका बुवाले इलाका प्रहरी कार्यालय पाख्रिवासलाई जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
कानूनी प्रकृया पूरा गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।


Discussion about this post