इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ६ नं वडा कार्यालयले सोमबार पाँच जना महिला स्वास्थ्य स्वयमसेविकाहरूलाइ नगद सहित सम्मान गरेको छ । घर घर पुगेर नगरवासिहरूलाइ स्वास्थ्य कार्यक्रमबारे सचेतना , औषधी उपचार , उचित परामर्स दिएर महत्वपुर्ण भुमीका निर्वाह गरेको भन्दै पाँचजना महिला स्वास्थ्य स्वयम सेविकाहरूलाइ जनही नगद ५ हजार १ सय का दरले सम्मान गरेको हो ।
इटहरी उपमहानगर ६ निवासी लिला देवि वस्ती , शिला गजमेर,चन्द्रा मण्डल,बिनीता कोइराला र रमीला बस्नेतलाइ दोसल्ला ओढाएर , नगद र कदर पत्र सहित सम्मान गरिएको हो । सम्मान पाएपछि काम गर्ने जोश जागर बढ्नुका साथै जिम्मेवारी थपिएको सम्मानीत महिला स्वास्थ्य स्वयमसेविकाहरूले बताए ।
घाम पानी , भोक तिर्खा पनि नभनी नगरवासीहरूको घर घरमा पुगेर मानव स्वास्थ्यबारे प्रचार प्रसार , परामर्श सचेतना लगायतका गतिविधिहरूलाइ सकृिय रूपमा सञ्चालन गरी स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण योग्दान दिएकोले प्रोत्साहन स्वोरूप उहाहरूलाइ सम्मान गरिएको र यो निरन्तर रहने ६ नं वडाध्यक्ष तथा कार्यक्रम प्रमुख अतिथी दिवश पोख्रेलले बताए ।
६ नं वडा कार्यालको ज्येस्ठ नागरिक सभाहलमा आयोजित कार्यक्रममा इटहरी उपमहानगरका लेखा अधिकृत बिकाश पोख्रेल , ६ नं वडा सचिव घनश्याम गिरी , लगायत जनप्रतिनिधी ,स्वास्थ्यकर्मी र स्थानियहरूको पनि उपस्थिती रहेको थियो । सोही अवसर पारेर ६ नं वडा कार्यालयले वडाका प्रत्येक टोल विकाश संस्थालाइ प्रविधीमैत्री बनाउन एकता टोल विकाश संस्थालाइ एक थान कम्प्युटर सेट र प्रिन्टर प्रदान गरेको छ । वडामा रहेका टोल विकाश संस्थाहरूलाइ अझ सशक्त र सकृय बनाउन कम्प्युटर सेट र प्रिन्टर प्रदान गरिएको वडाध्यक्ष पोख्रेलले बताए ।


Discussion about this post