[t4b-ticker]
Monday, May 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

    अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

खाेटेहाङकाे बहुसांस्कृतिक पार्कमा बन्याे खुर्पेटोको प्रतिमा , पर्यटकहरूकाे घुइचाे

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार १७, २०८२ मा प्रकाशित
✅ काेशी
खाेटेहाङकाे बहुसांस्कृतिक पार्कमा बन्याे खुर्पेटोको प्रतिमा , पर्यटकहरूकाे घुइचाे
26
SHARES
Share on FacebookShare on Twitter

खोटाङ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्क (उद्यान) मा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा स्थापना गरिएको छ । संघ, प्रदेश स्थानीय सरकारको लगानीमा इन्द्रेणीपोखरीस्थित निर्माणाधीन बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा वडा कार्यालयको लगानीमा निर्माण गरिएको हो।

वडा कार्यालय इन्द्रेणीपोखरीको रु पाँच लाख लगानीमा खुर्पेटोको प्रतिमा निर्माण गरेर स्थापना गरिएको वडाध्यक्ष वसन्त राई ‘पथिक’ ले जानकारी दिए । ‘इन्द्रेणी पोखरीलाई पर्यटकीय हबका रूपमा विकास गर्नका लागि भौतिक संरचना निर्माणको काम भइरहेको छ । किरात समुदायको बाबु (चिण्डो), हिन्दू धर्मावलम्बीका लागि मन्दिर, बालबालिकाका लागि खेलौनासहितका बाल उद्यान निर्माण गरिएको छ’, उनले भने, ‘इन्द्रेणीपोखरीमा जातीय बाहुल्यताको हिसाबमा मगर समुदायको सङ्ख्या कम छन् । सबै जातजाति तथा समुदायको पहिचान स्थापित गर्न बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा स्थापना गरिएको हो ।’

याे पनिपढ्नुहाेस्

पश्चिम बंगाल निर्वाचन : इलाम र झापाका नाका ७२ घण्टाका लागि बन्द

सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा

नेपाल मगर संघ इन्द्रेणीपोखरीको समन्वयमा निर्माण गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा खोटहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ ले औपचारिक रूपमा अनावरण गरेका हुन् । खुर्पेटोको प्रतिमा अनावरण कार्यक्रममा मगर समुदायको सांस्कृतिक नाच हुर्रा समेत प्रस्तुत गरिएको थियो । सो अवसरमा गाउँपालिका प्रमुख मुक्तिले इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमाले जातीय सद्भाव तथा धार्मिक सहिष्णुताको विकास गर्न मद्दत पुर्‍याउने बताए ।

‘आफ्नो अधिकार मागेर होइन, लडेर लिनुपर्छ । हाम्रो भाषा, धर्म तथा संस्कार र संस्कृति लोप हुँदै गइरहेको छ’, उनले भने, ‘आदिवासी जनजातिको पहिचान भनेको आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति हो । यसलाई सबैले जगेर्ना गर्नु पर्दछ ।’ खुर्पेटो मगर समुदायको धार्मिक एवम् सांस्कृतिक प्रतीक चिह्न भएकाले बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको खुर्पेटोले मगर समुदायको पहिचानलाई बलियो बनाउने विश्वास गरिएको नेपाल मगर सङ्घ खोटाङका अध्यक्ष युवराज मगरले बताए । खुर्पेटोको प्रतिमा स्थापनाले मगर समुदायको पहिचान र सांस्कृतिक मूल्यमान्यतालाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

खोटाङकै मूर्तिकार रोजन राईले धरानमा फाइबर प्रयोग गरेर निर्माण गरेको प्रतीक चिह्न खुर्पेटो आठ फिट अग्लो रहेको नेपाल मगर संघ इन्द्रेणीपोखरीले जनाएको छ । खुर्पेटो राखिएको ठाउँमा छवटा पाटा बनाएर मगर समुदायको झण्डा, प्रथम सहिद लखन थापामगरको तस्बिर, जातीय वेशभूषा, धर्म तथा सांस्कृतिक क्रियाकलापको तस्बिर र इन्द्रेणीपोखरीका मगर जातिको पुस्तावलीसम्बन्धी शिलालेख राखिएको स्थानीय शिक्षक दलकुमार आलेमगरले जानकारी दिए ।

इन्द्रेणीपोखरीको बहुसांस्कृतिक पार्कमा स्थापित खुर्पेटोको प्रतिमा सबैको आकर्षणको केन्द्र बनेको छ । नेपाल मगर संघका तत्कालीन केन्द्रीय अध्यक्ष नवीन रोक्कामगरको कार्यकालमा मगर जातिको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा बनाउने निर्णय भएपछि देशभरका मगर समुदायले आ–आफ्नो क्षेत्रमा निर्माण गरिरहेका छन् । परापूर्वकालदेखि प्राकृतिक पोखरी रहेको इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्कमा संघ, प्रदेश र स्थानीय तहका गरी दुई करोड १२ लाखभन्दा बढी सरकारी कोषको रकम खर्च भइसकेको जनाइएको छ । प्राकृतिक रूपमै पर्यटकीयस्थल इन्द्रेपोखरीको चौतर्फी विकास गर्न भुइँ ढलान, बाल उद्यान, पानीको फोहोरा निर्माण गर्नाका साथै संरक्षणका लागि घेराबारसमेत निर्माण गरिएको छ ।

इन्द्रेणीपोखरीका नाममा रहेको २१ रोपनी सार्वजनिक जग्गामा रहेका प्राकृतिक पोखरीलाई मासेर ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरी बनाइएको छ । स्तरोन्नति नगरेसम्म यो पोखरी जलहाँस र मलेवाको क्रिडास्थल थियो । तर, पोखरीको भुइँमा सिमेन्ट र बालुवाले ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानी सुकेको छ । हरेक नयाँ वर्षमा बृहत् मेला लाग्ने इन्द्रेणीपोखरी समुद्री सतहबाट एक हजार ७०० मिटर उचाइमा पर्दछ । सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृङ्खला र तराईका विभिन्न फाँट सजिलै अवलोकन गर्न सकिने यो ठाउँमा निर्माणाधीन बहुसांस्कृतिक पार्क सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित-समाचार

पश्चिम बंगाल निर्वाचन :  इलाम र झापाका नाका ७२ घण्टाका लागि बन्द
काेशी

पश्चिम बंगाल निर्वाचन : इलाम र झापाका नाका ७२ घण्टाका लागि बन्द

✍ सूचना पाेर्टल
बैशाख ८, २०८३ मा प्रकाशित
0

इटहरी । भारतको पश्चिम बंगालमा भइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै इलाम र झापा जिल्लाका अन्तराष्ट्रिय सीमानाका ७२ घण्टाका लागि बन्द...

सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा
काेशी

सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा

✍ सूचना पाेर्टल
बैशाख ८, २०८३ मा प्रकाशित
0

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका गौरीटापमा पहिलोपटक जिपलाइन सञ्चालनमा आएको छ । नेचासल्यान गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले समुद्री सतहभन्दा...

झापामा दुई समूहबीच ग्याङ फाइट हुँदा एक जना गम्भीर

झापामा दुई समूहबीच ग्याङ फाइट हुँदा एक जना गम्भीर

बैशाख ८, २०८३ मा प्रकाशित
उदयपुमा जन्ती सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु

उदयपुमा जन्ती सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु

बैशाख ८, २०८३ मा प्रकाशित
उदयपुरमा आगलागीमा परेर २ जनाको मृत्यु भएको घटनामा ६३ लाखको क्षति

उदयपुरमा आगलागीमा परेर २ जनाको मृत्यु भएको घटनामा ६३ लाखको क्षति

बैशाख ८, २०८३ मा प्रकाशित
कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

बैशाख ५, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा
BANNER

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

✍ सूचना पाेर्टल
बैशाख २८, २०८३ मा प्रकाशित
0

इटहरी ।  सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ। सोमबार संघीय संसद्को संयुक्त...

अरु पढ्नुहाेस्...
मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

बैशाख २७, २०८३ मा प्रकाशित
अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

बैशाख २७, २०८३ मा प्रकाशित
सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

बैशाख २५, २०८३ मा प्रकाशित
इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

बैशाख २५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    78 shares
    Share 31 Tweet 20
  • इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?

    23 shares
    Share 9 Tweet 6
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    77 shares
    Share 31 Tweet 19
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    324 shares
    Share 130 Tweet 81
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष