इटहरी । बिवाहमा नाचिरहेका बेला करेन्ट लाग्दा मोरङको विराटनगरमा एक युवकको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–१८ मा शुक्रवार राति करिब साढे १ बजे विवाह समारोहका क्रममा डिजे कार्यक्रम चलिरहेका बेला अचानक करेन्ट लाग्दा १७ वर्षीय अमित यादवको ज्यान गएको हो ।
स्थानीय विजय यादवका छोरा अमित विवाह समारोहमा डिजेमा नाचिरहेका बेला अचानक डिजेको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेपछि उनलाई तत्कालै उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । तर अस्पताल पुर्याउन साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । स्थानीयस्तरमा घटना सम्बन्धी अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाइएको छ ।


Discussion about this post