इटहरी । आज आमाको मुख हेरेर मातातीर्थ औँसी पर्व मनाइँदेछ। प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान गरी यो पर्व मनाउने गरिन्छ। आज आमालाई मीठा–मीठा खानेकुरा र उपहारहरू दिएर आमाप्रति सम्मान व्यक्त गर्ने परम्परा छ।
मातातीर्थ औँसीका अवसरमा अहिले काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा ठूलो मेला लागेको छ। मातातीर्थमा अहिले तर्पण, श्राद्ध र पूजा गर्नेको भीड छ।
मातातीर्थमा शुक्रबार बिहान ३ बजेदेखि नै स्नान, दान, श्राद्ध, तर्पण र पूजा गर्ने र मेला भर्नेको घुइँचो लागेकोको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए।


























Discussion about this post