इटहरी । जेनजी पुस्ताले गरेको आन्दोलनको क्रममा गत २४ भदौमा नख्खु कारागारबाट भागेका केदारनाथ शर्मा पक्राउ परेका छन् । शर्मा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन सञ्चालक हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शर्मालाई ललितपुरको सानेपाबाट बुधबार पक्राउ गरेको हो । कारागारमा तोडफोड र आगजनीपछि विभिन्न कसुरका कैदी र अदालतमा मुद्दा विचाराधीन रहेका बन्दीहरू भागेका थिए ।
पक्राउ परेका शर्मालाई बुधबार नै नख्खु कारागार प्रशासनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । सहकारी ऐन र सङ्गठित अपराध निवारण ऐनअन्तर्गतको मुद्दामा उनी नक्खु कारागारमा थिए । उनको स्थायी घर बाँकेको खजुरा गाउँपालिका–६ हो । तर, उनी पछिल्लो समय काठमाडौँ महानगरपालिका–४, सुकेधारा बस्दै आएका थिए ।
देशभरका २८ कारागार र प्रहरी हिरासत कक्षबाट १४ हजार ५५५ जना कैदी बन्दी र थुनुवा भागेकामा हालसम्म करिब ८ हजार जना पक्राउ परिसकेका छन् ।
























Discussion about this post