गढीमाई मेला सुरक्षाको लागि सशस्त्र प्रहरीका ५ सय सुरक्षा फौज परिचालन
- मंसिर २७, २०८१ मा प्रकाशित
काठमाडौँ । बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ सुरक्षार्थ करिब ५ सय जना सशस्त्र प्रहरी २४ सै घण्टा परिचालित भएका छन् । मङ्सिर १ गतेदेखि सुरु भएको मेला मङ्सिर ३० गतेसम्म सञ्चालन हुनेछ ।
उक्त मेलालाई सुरक्षित एवं भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नं। १२ गण बाराबाट सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहको कमान्डमा टोली परिचालन भएको छ भने मेला सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवालको कमान्डमा मेला अवधिभरको लागि मेलास्थमा कमान्ड पोस्ट स्थापना गरिएको छ ।
मेला सुरक्षार्थ २ वटा तालिम प्राप्त डग परिचालन गरिएको छ ।मेलामा भिड व्यवस्थापन र निगरानी गर्न ड्रोनको प्रयोग गरिएको छ भने मेला परिसरमा रहेको पोखरीमा कुनै पनि अप्रिय घटना नघटोस् भनी विपद् व्यवस्थापन तालिम प्राप्त टोली रबर बोटसहित २४सै घण्टा तैनाथ रहेको छ ।
उक्त मेलामा ठुलो सङ्ख्यामा भक्तजनहरूको उपस्थिति हुने भएकोले मेला सुरक्षा योजनाअनुसार सशस्त्र बल नेपालले उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्था थप मजबुत बनाउन मेला अवधिभर परिचालित रहने सशस्त्र प्रहरका प्रवक्ता नायब महानिरीक्षक कुमार न्यौपाने जानकारी दिए ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा मंसिर २७, २०८१देशभरका पत्रकार चुनावमा व्यस्त : सुनसरीकाे अवस्था के छ ?
-
ताजा मंसिर २७, २०८१गढीमाई मेला सुरक्षाको लागि सशस्त्र प्रहरीका ५ सय सुरक्षा फौज परिचालन
-
ताजा मंसिर २७, २०८१वैज्ञानिकले बनाए एचआईभीविरुद्धको खोप, ९६ प्रतिशतसम्म प्रभावकारी
-
ताजा मंसिर २७, २०८१सर्लाहीमा जाडोबाट जोगिन बालिएको घुरबाट आगलागी , एक बिघामा लगाएकाे उखु सखाप
-
ताजा मंसिर २७, २०८१विराटनगर र पोखराको खेल ‘टाइ’, सुपर ओभरबाट विजेता टुंगो लाग्ने
Comments