•  २६ मंसिर २०८१, बुधबार
  •  5:27:17 AM

जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी

- मंसिर २०, २०८१ मा प्रकाशित



तेज बन

इटहरी । सुनसरीको धरानबाट सरकारी नम्बरप्लेट टासेको २ वटा सवारी साधनबाट मंगलबार राती झण्डै ७ क्विन्टल गाँजा बरामद भएको छ ।सवारीलाइ नियन्त्रण लिन प्रहरीले २ राउन्ड गोलीसमेत चलाएको छ ।इलाका प्रहरी कार्यालय धरानले बुधबार पत्रकार सम्मेलन गर्दै सो सवारी साधन ,बरामद भएको गाँजा र सवारी चालक मोरङको सुन्दरहरैँचा नगरपालिका ११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई सार्वजनिक गरेको छ ।

सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाकाअनुसार धरान १३ अमरहाटबाट बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी प्लेट भएको स्कारपिओबाट ६९० किलो गाँजा बरामद भएको हो । दुवै गाडीको नमबर प्लेट चेक एउटा भने अख्तीयार संग मिलेको थप अनुशन्धान भइरहेकोले नम्बर प्लेट नक्कली हो या गाडी अख्तियारकै हो केहि भन्न नमिल्ने सुनसरीका एसपी सुमन तिम्सिनाले बताए ।

राती साढे ७ बजे धरानमा ४ राउन्ड गोली हानेर नियन्त्रणमा लिएको दुइ गाडी मध्ये एक गाडीको पछाडीको भागमा गाोली लागेको छ । प्रहरीको चेकिङलाइ पेलेर अघी बढेपछि फायर खोल्दा पछाडीको सिसा माथी लागेर गएको प्रहरीले बताएको छ । सेतो नम्बर प्लेट भएकै कारण धनकुटाको प्रहरी चेकपोस्टबाट फुत्किएको गाडी धरानको अमरहाटमा भने भाग्न खोज्दा समातिएको पत्रकार सम्मेलनमा धरानका डिएसपी प्रकाश जवेगुले बताए ।

रातको समयमा भेडेटारबाट आउदै गरेको सरकारी गाडी देखेपछि सोदपुछ गर्न खोज्दा चेकिङ पेलेर गाडी भागेको र रोक्न आग्रह गर्दा अटेर गरेपछि फायर खोलेको डिएसपी जवेगुले बताए । गोली लागेको स्कारपीयो अतालीएर खोल्सी तर्फ रोकिएपछि सोका चालक पक्राउ परेपनि अघाडी भागेको सवारी रोकेर अर्का चालक भने फरार रहेको र उसको खोजी कार्य भइरहेको धरान प्रहरीले जनाएको छ ।

एक सातामा एक हजार ४ सय केजी गाँजा बरामद

यो साता मात्रै सुनसरीको बिभिन्न स्थानबाट प्रहरीले १ हजार ३ सय ९७ किलो गाँजा बरामद गरिसकेको छ । सुनसरी प्रहरी प्रमुख सुमन कुमार तिम्सिनाका अनुसार गत मंसिर १३ गतेराती तरहराको पानीपीयाबाट को १ च ७६८९ नम्बरको स्कारपियो गाडी भित्री लुकाइ राखेको ३०९ किलो गाँजा बरामद गरेको थियो । त्यस्तै १८ गते सुनसरीकै कोशी गाउपालिका वडा नं. ७ हरीपुरबाट ३सय ४० केजी गाँजा सहित ४ जनालाइ नियन्त्रणमा लिएको थियो । १८ गते नै सुनसरीको भोक्राहा नरसिंह गाउपालिका ५ टपरा टोलबाट ५८ किलो ३ सय ग्राम गाँजा सहित धरानका सुनिल राइ पक्राउ परेका थिए । यो सातामात्रै प्रहरीले सुनसरीको बिभिन्न स्थानबाट १ हजार ३ सय ९७ किलो गाँजा पक्राउ गरेको छ । गाँजा संगै कारोबारमा संलग्नहरूलाइ अवैध लागुऔषध ऐन अन्तरगत मुद्धा चलाइसकेको जिल्ला प्रहरी काृयालय सुनसरीले बताएको छ ।

कोशीमा कडाइ पछि राजमार्गबाट छिर्न थाल्यो गाँजा

केहि वर्ष यता बराहक्षेत्रको सप्तकोशी हुदै सिरहा सप्तरी रभारतीय बजार सम्म गाजा तस्करी हुने गरेको थियो । कोशी प्रदेश प्रहरी कार्यालयको निर्देशन अनुसार बराहक्षेत्रको कोशी क्षेत्रमा कडाइ गर्न थालेपछि अहिले सिधा राजर्माग तस्करहरूको मुख्य माध्यम बन्ने गरेको प्रहरी अनुशनधानले देखाएको छ । बिगतमा कोशीमा बासको डुंगाबाट तस्करी हुने गरेको गाँजा नियमित जसो प्रहरीले समात्न थालेपछि अहिले सो क्षेत्रमा बासको डुंगानै लोप भइसकेको प्रहरीको अनुशनधानले देखाएको छ ।

किन हुन्छ तस्करी ?

नेपालको गाँजा भारतीय बजारमा ननिकै महंगो मुल्यमा बिक्री हुने गरेको छ । नेपालमा त्यति चासोको विषय नरहेपनि भारतीय बजारमा गाँजा प्रतिकिलो ४५ सय देखि १६ हजार सम्म कायम रहदै आएको छ । भारत सरकारले देशमा गाँजा प्रतिवन्द लगाए देखि नै तस्करहरूले नेपाली भु भागलाइ निशाना बनाउदै आइरहेका छन ।

१० वर्ष यता प्रहरीको रिपोर्ट हेर्ने हो भने सिरहा सप्तरीका अधिकांस भित्री गाउहरूमा भारतीय व्यवसायीहरूले जग्गा लिजमा लिएर गाँजा खेती गरेको भेटिन्छ । नेपालमा गाँजा खेति गर्न नपाइने कानुन बनेपछि प्रहरीले सबै गाँजाका बोटहरू मास्ने अभियान चलाउदा सिरहा सप्तरीमा नाम निसाना मेटियो ।

सिरहा सप्तरी लगायत भारतका सिमावर्ती क्षेत्रहरूमा प्रहरीले कडाइका साथ नियम लागु गर्न थालेपछि तस्कर तथा व्यापारीको नजर पूर्वी पहाडी भेग तिर सर्याे फलस्वोरूप धनकुटा , संखुवासभा , तेह्रथुम , ताप्लेजुङ , ओखलढुंगा जस्तता पहाडी क्षेत्रमा अहिले पनि गाँजा खेति प्रसस्तैरहने गरेको केहि घटनाक्रमले देखाइरहेको छ ।

प्रहरीले बरामद गरेका गाजाहरू प्राय धनकुटा हुदै आइरहेको घटनाक्रमले पनि पुस्टी गर्छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रमुख डिआइजी चन्द्रकुवर खापुङ पनि यो कुरालाइ नकार्न सक्दैनन । उनि गाँजा नियनत्रण सम्बन्धि सबै मातहतका प्रहरी कार्यालयहरूमा कडा निर्देशन जारी गरिसकेपनि बेला बेला क्विन्टलका क्विन्टल समातिएको समाचारले झस्काउने गरेको बताउछन । तराइ क्षेत्रमा गाँजाका बोट मास्ने अभियान सफल भएपनि पहाडी भेगका कतिपय दुर्गम क्षेत्रमा यो खेति अझै कायम रहेको र सो क्षेत्रको पहिचान गरि त्यहा पनि नस्ट गर्ने डिआइजी खापुङ बताउछन ।

Comments

सम्बन्धित खवर