सगरमाथा क्षेत्रमा हेलिकप्टर उडाउन निषेध
- मंसिर २७, २०८१ मा प्रकाशित
इटहरी । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडाउन रोक लगाइएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र अत्यधिक रुपमा व्यावसायिक हेलिकप्टरको उडान अवतरणमा रोक लगाउने निर्णय भएको हो । निकुञ्ज कार्यालयले अनियन्त्रित रुपमा हुने गरेको हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको भन्दै व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको हो ।
‘हेलिकप्टरको उडानबाट निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र रहेको बस्तीहरुमा अत्यधिक ध्वनि प्रदूषण समेत भएको छ,’ कार्यालयको निर्णयमा भनिएको छ, ‘अर्कोतर्फ वन्यजन्तु तथा आखेटोपहारसम्बन्धी आपराधिक गतिविधि समेत हुनसक्ने सम्भावना छ ।’ हेलिकप्टर उडानबाट खुम्बु क्षेत्रको स्थानीय व्यापार, व्यवसाय तथा रोजगारीमा समेत नकारात्मक असर परेको जनगुनासो रहेको कार्यालयले जनाएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा खुम्बु क्षेत्रमा रहेका स्थानीय सरोकारवाला सरकारी गैरसरकारी संघ÷संस्थाहरुको मंगलबार बसेको बैठकले हेलिकप्टर उडानमा रोक लगाएको छ ।
‘२५ गतेको बैठकले सगरमाथा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र हुने हेलिकप्टर उडान तथा अवतरण कार्यलाई व्यवस्थित गर्न पर्यटक तथा स्थानीयको उद्धार र मालसामान ढुवानीका लागि प्रयोग गरिने हेलिकप्टरहरु बाहेक अन्य व्यावसायिक रुपमा सञ्चालन हुने हेलिकप्टरहरु पुस १७ गतेबाट पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ’, हेलिकप्टर कम्पनीहरुलाई काटिएको पत्रमा भनिएको छ । सगरमाथा आरोहणका लागि कार्गो ढुवानी पाङबोचेभन्दा माथिल्लो क्षेत्रमा अवतरण गर्न निषेध गर्ने निर्णय भएको छ । यी सबै निर्णय २०२५ जनवरी १ बाट लागू हुने भएका छन् ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा मंसिर २७, २०८१Gta Online Scène Car April 25, 2024
-
ताजा मंसिर २७, २०८१दुर्गा प्रसाईंविरुद्ध ‘साइबर क्राइम’मा मुद्दा दर्ता, साढे ७ वर्ष कैदको माग
-
ताजा मंसिर २७, २०८१उमेरले ७० नाघ्याे तर जाेस जागर उस्तै :हतियारमा ‘धार’ लगाएर मनग्गे कमाउछन कञ्चनपुरका राना
-
ताजा मंसिर २७, २०८१सगरमाथा क्षेत्रमा हेलिकप्टर उडाउन निषेध
-
ताजा मंसिर २७, २०८१जाजरकोटमा मध्यराति जिप सडकबाट ८ सय मिटर तल खस्यो, ५ जनाको मृत्यु, २ घाइते
Comments