जाजरकोटमा मध्यराति जिप सडकबाट ८ सय मिटर तल खस्यो, ५ जनाको मृत्यु, २ घाइते
- मंसिर २७, २०८१ मा प्रकाशित
जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा दूधे बालकसहित पाँच जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जीप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ बर्षीय जीप चालक ईन्द्रजित थापा, ६५ बर्षीया शिला पुन, ३३ बर्षीया शारदा थापा, १७ बर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनास्थलमा पुगेको टोलीले पौने ३ बजे दल्लीस्थित नगर अस्पतालमा दुर्घटनाका घाईतेहरुलाई ल्याएको थियो । अस्पतालले पाँच जनालाई मृत घोषणा गरेको जिप्रका जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । नलगाड नगरपालिका–३ का १९ बर्षीय जनक थापा र २१ बर्षका जीवन विक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये जनक थापाको उपचार भइरहेको छ भने जीवन विक सामान्य उपचारपछि घर फर्किएका डिएसपी पाण्डेले जानकारी दिएका छन् । डबल क्याप बोलेरो जीप ब्रेक फेल भएपछि सडकबाट करिब ८०० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा सात जना सवार थिए ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा मंसिर २७, २०८१Gta Online Scène Car April 25, 2024
-
ताजा मंसिर २७, २०८१दुर्गा प्रसाईंविरुद्ध ‘साइबर क्राइम’मा मुद्दा दर्ता, साढे ७ वर्ष कैदको माग
-
ताजा मंसिर २७, २०८१उमेरले ७० नाघ्याे तर जाेस जागर उस्तै :हतियारमा ‘धार’ लगाएर मनग्गे कमाउछन कञ्चनपुरका राना
-
ताजा मंसिर २७, २०८१सगरमाथा क्षेत्रमा हेलिकप्टर उडाउन निषेध
-
ताजा मंसिर २७, २०८१जाजरकोटमा मध्यराति जिप सडकबाट ८ सय मिटर तल खस्यो, ५ जनाको मृत्यु, २ घाइते
Comments