•  २६ मंसिर २०८१, बुधबार
  •  5:28:34 AM

महासंघ निर्वाचन: कोशीमा युनियन र चौतारीको भागबन्डा टुंगियो, सुनसरीमा चौतारीले काफ्लेलाई उठाउने

- मंसिर २५, २०८१ मा प्रकाशित



इटहरी । अहिले देशभर नेपाल पत्रकार महासंङकाे निृवाचनका कारण माहाेल तातेकाे छ । जिल्लाहरूकाे नेतृत्व कस्ले लिने भन्ने विषयमा लामाे रस्साकस्सी पछि मंगलबार सातै प्रदेशमा नेतृत्वकालागि प्रेस चाैतारी र प्रेस युनियन बिच भागबण्डा टुंगीएकाे छ । प्रेस युनियन र प्रेस चौतारीले नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरे संगै भागवण्डा टुंगिएकाे हाे ।

चौतारी र युनियनका नेताहरूबिच भएको छलफलमा महासङ्घको १३ सदस्यीय पदाधिकारीमा चौतारीका तर्फबाट अध्यक्षसहित ५ पद लिने भएको छ भने युनियनले ८ पदमा उम्मेदवारी दिने भएको छ ।त्यसैगरी जिल्ला अध्यक्षमा चौतारीले ३२ र युनियनले ४२ वटा लिने सहमति भएको छ।

उनका अनुसार चौतारीले केन्द्रीय अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ भने बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी दिने सहमति भएको छ ।

प्रदेशमा कोशी, मधेस, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिने तथा बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिने गरी सहमति भएको छ । महाधिवेशनका लागि शुक्रवार मनोनयन दर्ता हुँदैछ ।

यसैबीच सुनसरीमा भने प्रेस चौतारी नेपालले साझा उम्मेदवारका रूपमा धरानलाई ३ दशकदेखि कर्मथलो बनाई सक्रिय रूपमा पत्रकारिता गर्दै आएका सञ्चारकर्मी सन्तोष काफ्लेलाई उम्मेदवार बनाउने भएको छ।मंगलबार साँझसम्म बसेको चौतारीको बैठकले काफ्लेलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको प्रेस चौतारी सुनसरीकी अध्यक्ष शुभद्रा प्याकुरेलले बताउनुभयो।

Comments

सम्बन्धित खवर