[t4b-ticker]
Sunday, January 18, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

    झापा ५ ‘इलेक्सन इपिसेन्टर’ : ओलीको बिरासतलाई बालेनको चुनौती

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    विश्वप्रकाश भन्छन् : कांग्रेस फुट्ने स्थिति आए विशेष महाधिवेशन हलबाट निस्किन्छु

    विश्वप्रकाशले भने : कांग्रेस एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा उभिएका साथीहरूको योगदान चाहिन्छ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

आज नागपञ्चमी : घरघरमा नागकाे तस्बिर टाँसेर मनाइँदै

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
साउन १३, २०८२ मा प्रकाशित
✅ समाचार
आज नागपञ्चमी : घरघरमा नागकाे तस्बिर टाँसेर मनाइँदै
19
SHARES
Share on FacebookShare on Twitter

इटहरी ।  नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

याे पनिपढ्नुहाेस्

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

‘नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ’ , उनले भने ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शैंयामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको उनले बताए ।

प्रथम पूजाको अधिकार पाएका भगवान् श्री गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रूपमा जन्म लिएका श्रीरामचन्द्रका भाई लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ ।

दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रूपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ ।

भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।

पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको बास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि रहेको डा. भट्टराईले बताए ।

नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । जसमध्ये एउटा प्रख्यात किंवदन्ती यस्तो छ–एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन वटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रुद्ध भइन् ।

रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् । संयोगले किसानकी छोरी घर बाहिर रहेकीले बच्न सफल भइन् ।

नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दयागरी किसानकी छोरीलाई छोडिन् ।

मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजा आराधना गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् ।

प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको जनविश्वास रहिआएको धर्मशास्त्रविद् प्राडा भट्टराईले जानकारी दिए ।

गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो । गुरु आएको देखि गोरखनाथ उठेपछि नागमुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ ।

संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र संगीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षातको शीतलताका कारण बाहिर निस्कने मान्यता समेत छ ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।

सम्बन्धित-समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु
समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

काठमाडाै । रोपेली मुलुक पोल्यान्डमा एक नेपालीको निधन भएको छ।झापाको कमल गाउँपालिका-६ पञ्चकन्या लखनपुर घर भएका ४२ वर्षीय गोपालबहादुर लिम्बू...

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष
समाचार

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। आगामी फागुन २१ गतेका लागि घोषित...

तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

माघ ३, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

झापा ५ ‘इलेक्सन इपिसेन्टर’ : ओलीको बिरासतलाई बालेनको चुनौती

माघ ३, २०८२ मा प्रकाशित
कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

माघ २, २०८२ मा प्रकाशित
विश्वप्रकाश भन्छन् : कांग्रेस फुट्ने स्थिति आए विशेष महाधिवेशन हलबाट निस्किन्छु

विश्वप्रकाशले भने : कांग्रेस एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा उभिएका साथीहरूको योगदान चाहिन्छ

माघ २, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु
समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

काठमाडाै । रोपेली मुलुक पोल्यान्डमा एक नेपालीको निधन भएको छ।झापाको कमल गाउँपालिका-६ पञ्चकन्या लखनपुर घर भएका ४२ वर्षीय गोपालबहादुर लिम्बू...

अरु पढ्नुहाेस्...
देउवालाई सुनिल शर्माको आग्रह : बन्द सत्रको उद्घाटन गर्न आउनुस्

निर्वाचन आयोगले दिएको निर्णय स्वीकार गरेर जाने बाहेक अर्को विकल्प छैन : सुनील शर्मा

माघ ३, २०८२ मा प्रकाशित
देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

माघ ३, २०८२ मा प्रकाशित
सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

माघ ३, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी

माघ ३, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    27 shares
    Share 11 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    29 shares
    Share 12 Tweet 7
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    28 shares
    Share 11 Tweet 7
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    29 shares
    Share 12 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    32 shares
    Share 13 Tweet 8
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    36 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष