इटहरी । इटहरीस्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन प्रक्रियालाई लिएर विवाद चर्किएको छ।सोमबार बिहान अभिभावकहरूले इटहरी उपमहानगरपालिकाको गेटअगाडि धर्ना दिँदै विरोध प्रदर्शन गरेका हुन्।
अभिभावकहरूको भनाइ अनुसार विद्यालय व्यवस्थापन समिति अभिभावक भेलाबाट चयन हुनुपर्नेमा नगर शिक्षा समितिले बाहिरबाट व्यक्तिलाई अध्यक्ष बनाएको छ। उनीहरूले प्लेकार्डसहित प्रदर्शन गर्दै चयन प्रक्रिया पारदर्शी नभएको आरोप लगाए।
नगर शिक्षा समितिले केही दिनअघि दुई कार्यकाल अध्यक्ष भइसकेका काशीनाथ दंगाललाई पुनः अध्यक्ष चयन गरेको थियो।उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै अभिभावकहरूले वर्तमान समिति खारेज गरी अभिभावकहरूको भेलाबाट नयाँ समिति गठन गर्न माग गरेका छन्।



























Discussion about this post