काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखरा पुगेको खुलेको छ । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बास बसेको खुलासा भएको हो ।
हायू परिवारका १६ जना पोखराको दुई ठाउँमा बसेको खुलेको हो । १२ जना लेकसाइडको हल्लनचोकमा रहेको होटेल जननीमा बसेका थिए । कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार, उनीहरू शनिबार होटेलमा तीन वटा कोठा लिएर बसेका थिए । होटेलमा बस्नेले आइतबार बिहान चेक आउट गरेका थिए ।
उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट भएर निस्किएका थिए । १५-१६ जना नै आएको भए पनि कति जना थिए भन्ने पत्तो लगाउने काम भइरहेको उनले बताए । यसबारे होटल सञ्चालकले प्रहरीलाई खबर गरिसकेको छ ।
बाँकी चार जना पोखरा–३२, गगनगौँडास्थित चन्द्र भण्डारीको घरमा बसेको खुलेको छ । अहिले दुवै ठाउँमा प्रहरी पठाइएको छ । यसअघि करिब ४ महिना पहिलेदेखि काठमाडौँमा श्रीमान्सँग बस्दै आएकी उर्मिला हायूकी माइली छोरी २१ वर्षीया सुजता हायू प्रहरीको सम्पर्कमा आएकी थिइन् । गत शुक्रबारदेखि हायू परिवार बेपत्ता छ ।
यी हुन् बेपत्ता भएकाहरू
१) वर्ष ५२ की उर्मिला हायु (आमा)
२) वर्ष २७ की कमला हायु (छोरी)
३) वर्ष २३ की कोमल माया हायु (बुहारी)
४) वर्ष २२ की उषा हायु (छोरी)
५) वर्ष १९ की सुजता हायु (छोरी)
६) वर्ष १८ की अस्मिता हायु (छोरी)
७) वर्ष १२ की सान्ता हायु (छोरी)
८) वर्ष २९ को राजु हायु (छोरा)
९) वर्ष २४ को हिमाल हायु (छोरा)
१०)वर्ष १६ को लाल बहादुर हायु ( छोरा)
११) वर्ष १४ को बेग बहादुर हायु ( छोरा)
१२) वर्ष ११ को लक्की हायु (छोरा)
१३) वर्ष १२ को सुवर्ण हायु (छोरा)
१४) वर्ष १० की ओम कुमारी हायु (छोरी)
१५) वर्ष १ को अर्जुन हायु (नाती)
१६) वर्ष ४ की रियासा हायु ( नातिनी)



























Discussion about this post