इटहरी डेस्क । नेपाली युवा अमेरिका जान लालायित भइरहेका बेला नेपालस्थित अमेरिकी दूतावासले भने उनीहरूलाई देशमै रहने वातावरण सिर्जना गर्न पहल गरिररहेको बताएको छ।
काठमाडौँस्थित अमेरिकी दूतावासले सूचना जारी गरी अमेरिका नेपालसँगको साझेदारीमा नेपाली नागरिकलाई आफ्नै देशमा बसेर समृद्ध भविष्य निर्माण गर्ने अवस्था सिर्जना गर्न प्रयत्नशील रहेको जानकारी गराएको हो।
अमेरिकी दूतावासले भनेको छ : अमेरिका नेपालसँगको साझेदारीमा नेपाली नागरिकहरूले आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्न सक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छ।




























Discussion about this post