इटहरी । गण्डकी प्रदेश सरकारले गुरूङ र मगर भाषालाई सरकारी कामकाजीको भाषाको रूपमा प्रयोग गर्ने विधेयक पारित गरेको अवसरमा इटहरीमा रहेका गुरूङ समुदायले बिहीबार साझ दिप प्रज्वलन गर्ने भएकाे छ । गण्डकी सरकारले ऐतिहासिक निर्णय गरेर नेपालको आदिवासी जनजाति समुदायको माग ढिलै भए पनि सम्बोधन गरेको भन्दै तमू ह्युल छोंज धीँ गुरूङ राष्ट्रिय परिषद लगायतकाे समुहले उक्त निर्णयको स्वागत गर्दै बिहीबार समुदायकाे उपस्थितीमा दिप प्रज्वलन गर्ने भएकाे हाे ।
तमु ह्युल छोज धि गुरुङ रास्ट्रीय परिशद जिल्ला कार्यसमिती सुनसरी , तमुश्यो ह्युल छोज धि गुरुङ गुरुङ महिला रास्ट्रीय परिषद जिल्ला कार्यसमिती सुनसरी , तमु ह्युल छोज धि गुरुङ रास्ट्रीय परिषद इटहरी उप-महानगर समिती सुनसरी , श्री बुद्द गुम्बा इटहरी तमु सेवा समिती इटहरी , श्री बौद्द गुम्बा तमु सेवा समिती तरहरा इटहरी लगायतकाे संयुक्त अायाेजनामा साझ ६:३० बजे इटहरी चौकमा दिप प्रज्वलन कार्यक्रम राखिएकाे ह्युला छोज धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य दिव्यराज गुरुङले जानकारी दिए ।



























Discussion about this post