इटहरी डेस्क । मंगलबार बिहान भोटेकोशी नदिमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको छ। बाढीले मानिसहरूलाई पनि बगाएको आशंका छन्। बाढीले नेपाल र चीनको सीमा नाकामा रहेको मितेरी पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीले जानकारी दिए।
तिब्बती क्षेत्रमा भएको बर्षापछि बाढी आएको अनुमान प्रहरीले गरेको छ। तर, बाढी वर्षाको कारणले आएको हो कि अन्य कारणले भन्ने यकिन भइसकेको छैन।बाढीले रसुवागढी भन्सार क्षेत्रमा पार्किङ गरिएका गाडी, भन्सार गर्न राखिएका सामानहरुसमेत बगाएको छ।
‘केही मानिसहरु बाढीले बगाएको सूचना हामीलाई आएको छ। हामी खोजीमै छौँ,’ डीएसपी शाहीले भने, ‘बाढीले गरेको क्षति यकिन भइसकेको छैन। तर, ठूलो क्षति गरेको छ।’आज बिहान सबा ३ बजेतिर भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आएको हो।
उनले बाढीले रसुवा सुख्खा बन्दरगाह र भन्सारमा राखिएका दर्जनौँ गाडीहरु बगाएको बताए। बाढीले ईभीसहित धेरै गाडी बगाएको जानकारी उनले दिए। कतिपय मानिस अझै पनि नदि क्षेत्रमा फसेका प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक क्षेत्रका पनि व्यवसायी बाढीमा फसेका छन्।

























Discussion about this post