धरान । धरानमा केन्द्रीय कार्यालय रहेको सुनसरी उद्योग वाणिज्य सङ्घको निर्वाचन सरगर्मी सुरु भएको छ । हालको कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेका गोपाल श्रेष्ठले आगामी निर्वाचनमा अध्यक्षको दाबेदारी घोषणा गरिसकेका छन् ।
अघिल्लो कार्यकालमा प्रथम उपाध्यक्ष रहेका र हालका अध्यक्ष विजय श्रेष्ठसँग पराजित भएका शिवराज श्रेष्ठले यस पटक पनि अध्यक्षमा आफ्नो दाबी प्रस्तुत गरेको छन् । दुवै उम्मेदवारले प्रचार प्रसार र मतदाता सँग मत माग्न सुरु गरिसकेका छन् । सङ्घको निर्वाचन समितिले निर्वाचन कार्य तालिका समेत प्रकाशन गरेर निर्वाचन प्रक्रिया सुरु गरेको छ ।
अध्यक्षमा किन गाेपाल नै ?
गोपाल श्रेष्ठ धरानका प्रतिष्ठित व्यवसायी हुन । सुनसरी उद्योग वाणिज्य सङ्घमा २०४७ सालमा सदस्यता लिएर प्रवेश गरेको श्रेष्ठ, एक कार्यकाल कार्यकारिणी सदस्य, उद्योग सचिव, दुई कार्यकाल सल्लाहकार, कोषाध्यक्ष हुँदै वर्तमान कार्य समितिमा प्रथम उपाध्यक्ष भएर कार्य गरिसकेका उनी यस पटक अध्यक्ष बाजि मार्ने दाउमा छन् ।
उद्योग वाणिज्य सङ्घमा लामो विभिन्न पदमा रहेर कार्य गरिसकेको हुनाले अध्यक्षमा आफ्नो दादेवारि स्वाभाविक भएको उनले बताए ।नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको केन्द्रीय सदस्य, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घको वरिष्ठ उपाध्यक्ष, पेट्रोलियम डिलर्स एसोसिएसन कोसीको कोषाध्यक्ष, आसरा सुधार केन्द्र पानवारी धरानको सञ्चालक समिति सदस्य, सुनसरी जिल्ला गल्फ सङ्घको कार्यसमिति सदस्य, पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घको सल्लाहकार तथा नेवाः देय दवु धरानको सल्लाहकार पदमा रहेर संस्थागत अनुभव हासिल गरेका श्रेष्ठ धरान–१२ का स्थायिबासी हुन ।
धरान प्रिन्टिङ प्रेस, अपश्री इन्टरप्राइजेज प्रा.ली., रामपुर आयल सेन्टर प्रा.ली., विष्णु ढुवानी सेवा प्रा.ली. सञ्चालक रहेको श्रेष्ठ व्यवसायिहरुको साझा नेतृत्व बनेर सुनसरी उद्योग वाणिज्य सङ्घलाई नेतृत्व प्रदान गर्ने बताउँछन् ।उनले धरान कोसेली घर निर्माण, बहुउपयोगी धरान लेउति सुरुङ्गमार्ग निर्माण पहल, औद्योगिक ग्रामको स्थापना, उद्योग व्यवसाय प्रवर्द्धन, व्यावसायिक सुरक्षा, हटलाइन सेवा, राहत कोष स्थापना, प्रविधिमैत्री सचिवालय, वैज्ञानिक कर नीति, पर्यटनमा लगानी, समय सापेक्ष विधान संशोधन जस्ता विषयलाई आफ्नो कार्यकालमा प्राथमिकता दिएर काम गर्ने बताए ।
बोली भन्दा नतिजामा आफूलाई विश्वास रहेको बताउने श्रेष्ठ मतदाताले आँफुलाई नेतृत्वमा पुर्याउने कुरामा विश्वस्त रहेको बताए ।सबै व्यवसायीको साझा उम्मेदवार भएको बताउने उनले आँफुलाई ८ जना पूर्व अध्यक्षको समेत समर्थन र सद्भाव रहेको दाबी गरे ।



























Discussion about this post