इटहरी डेस्क । राजनीतिमा सक्रिय भएको घोषणासँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक भेटवार्ता पनि बढाएकी छिन् ।यसैबीच भण्डारीले गत बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेकी छिन् ।मेयर सचिवालय अनुसार, गत बिहीबार मेयर बालेनले भण्डारीको निजी निवास भंगालमै पुगेर भेट गरेका हुन् ।
एमालेकै एक नेताले मेयर बालेनलाई भण्डारीसँग भेटघाटको तारतम्य मिलाएका थिए ।भेटवार्ताका क्रममा पूर्वराष्ट्रपति भण्डारीले काठमाडौं महानगरपालिकाको पछिल्लोपटक भइरहेको विवादबारे चासो राखेकी थिइन् ।उनले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम ल्याउन नसक्नुको कारणबारे पनि बालेनसँग सोधखोज गरेकी थिइन् ।
‘उहाँले खासगरी बजेटसँग सम्बन्धित रहेर केही कुराकानी गर्नुभयो,’ बालेन निकट ती सदस्यले भने, ‘बजेट ल्याउन भइरहेको असहजताबारे मेयर साबले पनि आफ्ना कुरा राख्नुभयो ।’विशेषगरी प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यसँग विविध विषयमा एकमत हुन नसक्दा कार्यपालिका बैठक बस्न सकेको छैन ।बैठक बस्न नसकेपछि अहिलेसम्म महानगरले बजेट ल्याउन पनि सकेको छैन ।


Discussion about this post