[t4b-ticker]
Sunday, April 19, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

    एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

    कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

    कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

    सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

    सर्वोच्चले कांग्रेसको नेतृत्वमा गगन थापालाई वैधता दिनुका तीन कारणहरू

    ‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका–युरोप भ्रमणमा कुलमान

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै उनेपाले सरकारसँग राख्यो ६ बुँदे माग

    अमेरिकी सहायक विदेशमन्त्री सिधै काठमाडौँ आउँदै

    अमेरिकी सहायक विदेशमन्त्री सिधै काठमाडौँ आउँदै

    सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

    सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

आलमलाई चोख्याउन उच्च अदालतको तर्क– गौरीशंकरको घाउ बम विष्फोटको होइन, स्टोभ पड्केको

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार २२, २०८२ मा प्रकाशित
✅ समाचार
आलमलाई चोख्याउन उच्च अदालतको तर्क– गौरीशंकरको घाउ बम विष्फोटको होइन, स्टोभ पड्केको
21
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । गौरीशंकर राम चमार यतिखेर न्यायको गुहारका लागि काठमाडौँ आइपुगेका छन्।अनुहारदेखि छाती, हातपाखुरासम्म डढेका छन्। दुवैतिरका कान चुँडिएका छन्। सहजरूपमा हेर्न पनि नसकिने उनको यो हुलिया जुन कारणले बनेको उनी भन्दै छन्, उच्च अदालत जनकपुरको वीरगन्जले अस्वीकार गरिदियो।

उनी भन्छन्, बम विष्फोटमा परेर यस्तो भयो। तर, न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले भनेको छ- कहाँ बम पड्किनु? स्टोभ पड्केको हुनुपर्छ।कुरा २०६४ चैत २७ को हो। बेलुकी अन्दाजी ६:३० बजे रौतहटको राजपुर फरहदवास्थित शेख इद्रिशको गाईवस्तु बाँध्ने गोठघर अगाडि आइपुग्दा धेरै मानिसहरू थिए। सो गोठघरभित्र १५-१६ जना मानिस बसेर कुरा गर्दै थिए। गोठघरको ढोका खुला थियो।

याे पनिपढ्नुहाेस्

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

अचानक बम विष्फोट भएको ठूलो आवाज आयो। उनकै शब्दमा धमाका भयो। बमका टुक्रा, छर्राहरूले उनका दुवै कान, घाँटी, छाती समेतमा गम्भीर घाउचोट बनाए। रगत बग्न थाल्यो। विष्फोटनमा परी २-३ जना मानिसको मृत्यु नै भयो। अरू धेरै जना घाइते भई जोडले रुनकराउन थाले।बम विष्फोटकै कारण उनका दुवै कान चुँडिए। घाँटी र छाती समेतमा बमका छर्रा लागे। तात्तातो घाउ लिएर उनी त्यहाँबाट भागे। करिब ७०० मिटरसम्मको दूरीमा दक्षिण आइसकेपछि उनी भाग्न नसक्ने भए। जमिनमा लडे।

त्यसपश्चात् १५।२० दिनपछि होसमा आउँदा उनी भारतको बिहार राज्यमा पर्ने सीतामढीस्थित सदर अस्पतालको शय्यामा उनको होस खुल्छ, जतिखेर उनको पिसाब नली, नाकर मलद्वार समेतमा पाइप लगाएको थियो। अनुहार, घाँटी र छातीमा पट्टी बाँधिएको थियो। उनी आमा मरनीदेवी कुरिरहेकी थिइन्। यो विवरण गौरीशंकरले २०७६ कात्तिक १३ गते प्रहरीमा बुझाएको जाहेरी दरखास्तमा लेखाएका छन्। उनी पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको रौतहटको इँटाभट्टाका पूर्वमजदुर हुन्।

दरखास्तअनुसार, उनी आमा मरनीदेवीसँग सोध्छन्, कसले ल्यायो उपचार गर्न?आमाबाट उनी थाहा पाउँछन्- भाइ बच्चारामका ससुरा बद्रि रामले ल्याए, जो रौतहटको जिगडियामा बस्छन्।सोही अस्पतालमा गौरीशंकरसँगै इँटा उद्योगमा काम गर्ने सीतामढी गाउँकै अन्दाजी ३२ वर्षीय नरेश राम, अन्दाजी ४० वर्षीय बिकाउ रामसमेत उपचार गराइरहेका रहेछन्।पछि बुझ्दा उनीहरू सोही बम विष्फोटमा परी सक्त घाइते भएको बताउँदै थिए।तर, अदालतले गौरीशंकरको यो कुरा पत्याएन। प्रमाणका रूपमा पनि लिएन। बरू उनले अविश्वसनीय र कृत्रिम बयान विवरण अदालतमा दिएको भन्दै जाहेरी नै गलत घोषणा गरिदियो।

आलमलाई सफाइ दिने फैसलाको पूर्ण पाठ- घटनाको फोटोसमेत छैन, इँटाभट्टामा जलाइएको दाबी झुटो देखियो

‘जाहेरी दरखास्तमा सो बम विष्फोटबाट घाइते भएकोमा आफू बच्नको लागि करिब ७०० मिटरसम्मको दूरीमा दक्षिण आइसकेपछि पूर्ण रूपले बेहोस भई भुईँमा लडेको, त्यसपश्‍चात् १५-२० दिनपछि होसमा आउँदा भारतमा अस्पतालको बेडमा रहेको भनी खुलाएको, उनलाई उपचारको लागि बद्री रामले ल्याएको भनी आफ्नो आमाले भनेको जाहेरीमा खुलाएको देखिन्छ,’ गत जेठ १४ गते उच्च अदालतबाट भएको फैसलामा लेखिएको छ, ‘अदालतसमक्ष बकपत्र गर्दा बम विष्फोटको छर्राले कान, छातीमा समेत आगो लागेको, ६-७ सय मिटर टाढा भागेर गई बेहोस अवस्थामा लडेँ, मेरो खल्तीबाट बिस्तारै डायरी निकाली मेरो डायरीको नम्बरमा फोन गर्दा मेरो भाइको ससुरा आई भारतको सीतामढी अस्पतालमा लगी २०-२२ दिनपछि होस आउँदा आफू हस्पिटलमा रहेको थाहा भयो भनेको देखिन्छ।’

बेहोस भएर लडेको व्यक्तिले कसरी फोन गर्छ भनेर प्रश्न उठाउँदै फैसलामा लेखिएको छ, ‘निजले बेहोसी अवस्थामा डायरी निकाली भाइको ससुरालाई फोन गरी अस्पताल लगेको भनी जाहेरी दरखास्तभन्दा फरक बेहोरा उल्लेख गरेको देखिन्छ। बेहोस भई लडेर २०-२२ दिनपछि मात्र होस खुलेको व्यक्तिले बेहोसी अवस्थामा भाइको ससुरालाई फोन गरेको कुरा विश्वासनीय देखिन आएन।’

यति मात्र होइन, उच्च अदालतका न्यायाधीशहरूले गौरीशंकर बम विष्फोटमा परेको नभएर स्टोभ पड्केको हुनुपर्ने भनेका हुन्। किनभने, अस्पतालको कागजमा स्टोभ पड्केर घाइते भएको लेखिएको अदालतको दाबी छ।‘निजले उपचार गरेको भनिएको अस्पतालको कागजातको प्रेस्क्रिप्सनमा स्टोभ पड्की घाउखत लागेको भन्‍ने देखिँदा निजको शरीरको खत बम विष्फोटको खत रहेको कुरा झुठा सावित हुन्छ,’ दुवै न्यायाधीशले एकै स्वरमा भनेका छन्।
अदालतले अस्पतालबाट झिकाइएको कागज पत्याएको तर स्वयं पीडितले दिएको बयान नपत्याएको देखिन्छ।

अदालतमा वकपत्र हुँदा उनले आफू राज इँटाभट्टामा काम गर्दथेँ भनी लेखाएका छन्। मुन्सीसँग पैसा माग्दा नदिएकोले अफताब आलमको घरमा पैसा माग्न गएको र त्यही बेला बम विष्फोट भएको उनले भनेका छन्।तर, सोही इँटाभट्टामा काम गर्ने केही मजदुरले ‘गौरीशंकरकलाई चिन्दैनौँ’ भनेका आधारमा पनि उनको दाबी झुटो रहेको निष्कर्ष उच्च अदालतले निकालेको छ।

‘राज इँटा उद्योगमा काम गर्ने एक लाख आलम, शेख नथुनी, शेख अदुद समेतले आफूले गौरीशंकर रामलाई नचिनेको, निजले भट्टामा काम नगरेको भनी बकपत्र गरेको पाइन्छ। यसै गरी राजा इँटाभट्टामा काम गर्ने भनिएको व्यक्तिले अफताब आलमसँग पैसा माग्न जानुको तर्कसंगत कारण पनि खुलेको देखिएन,’ फैसलामा लेखिएको छ, ‘निजले आफू अफताब आलमको घरमा नगएको भनी विरोधाभासयुक्त बकपत्र गरेको समेत देखिन्छ।’२०६४ चैत २७ को घटना भए पनि २०७६ कात्तिक १३ गते मात्रै किन जाहेरी दिएको भनेर समेत अदालतले प्रश्न उठाएको छ।

कार्कीद्वयको निर्णय नं ८९४९, जसले आफताब आलमलाई कारागार पठाउने बाटो खोल्यो

तर, आलमको आतंकका कारण गाउँमा व्याप्त डर, त्रास, प्रहरी प्रशासनको असहयोग अनि पीडितमाथि पछि भनि भइरहेको ज्यादतीतर्फ न्यायाधीशहरूले आँखा चिम्लिएका छन्। सर्वोच्च अदालतले तीनपटक आदेश गरेपछि मात्र १२ वर्षको अन्तरालमा यस घटनामा कानुनी कारबाही अघि बढाइएको भन्नेतर्फ पनि उनीहरूले वास्ता गरेको देखिँदैन। देशमा रामराज्य भएसरहको अवस्थामा जस्तै प्रमाण, कागज र कानुनी प्रक्रिया किन नअपनाइएको भनेर अभियुक्तका पक्षमा तर्कहरूको खात लगाएका छन्।

उनीहरूले फैसलामा लेखेका छन्, ‘मिति २०६४।१२।२७ को वारदात देखाई २०७६।७।१३ मा मात्र जाहेरी दरखास्त दिनुको कुनै युक्तियुक्त कारण खुलेको देखिएन। यसरी निज गौरीशंकर रामको बकपत्र हेर्दा, स्टोभ पडकी घाउखत लागेको भन्‍ने अस्पतालको प्रेस्क्रिप्सन, बेहोसी अवस्थामा फोन गरेको भन्‍ने कुरा अपत्यारिलो रहेको, जाहेरी बेहोराभन्दा फरक तथा विरोधाभासयुक्त बकपत्र समेतका आधारमा निज गौरीशंकर रामको बकपत्र सत्यतामा आधारित नरहेकोले विश्वसनीय प्रमाणको रूपमा ग्रहणयोग्य रहेको देखिएन।’

यी र यस्तै तर्क गरेर उच्च अदालतले आलमलाई उच्च अदालतले चोख्याइदिएको छ। जिल्ला अदालतले जन्मकैद हुने गरी फैसला भएका उनीसँगै चार जनाले एकसाथ उन्मुक्ति पाएका छन्।सरकार वकिलले यस फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भनेको छ। दुवै न्यायाधीश न्याय परिषद्को छानबिनमा तानिएका छन्। तर, न्याय परिषद्को संरचना र केही सदस्यको पृष्ठभूमि तथा भूमिका हेर्दा निष्पक्ष छानबिन र कारबाही हुनेमा कतिपयले शंका व्यक्त गरेका छन्।

सम्बन्धित-समाचार

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं
समाचार

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

✍ सूचना पाेर्टल
बैशाख ५, २०८३ मा प्रकाशित
0

 इटहरी ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले वृद्धि भएको इन्धनको मूल्य फिर्ता लिन माग गरेको छ । फिर्ता...

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
काेशी

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

✍ सूचना पाेर्टल
बैशाख ५, २०८३ मा प्रकाशित
0

ताप्लेजुङ । ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा...

सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

सर्वोच्चले कांग्रेसको नेतृत्वमा गगन थापालाई वैधता दिनुका तीन कारणहरू

बैशाख ५, २०८३ मा प्रकाशित
‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका–युरोप भ्रमणमा कुलमान

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै उनेपाले सरकारसँग राख्यो ६ बुँदे माग

बैशाख ५, २०८३ मा प्रकाशित
अमेरिकी सहायक विदेशमन्त्री सिधै काठमाडौँ आउँदै

अमेरिकी सहायक विदेशमन्त्री सिधै काठमाडौँ आउँदै

बैशाख ५, २०८३ मा प्रकाशित
सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

बैशाख ४, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं
समाचार

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

✍ सूचना पाेर्टल
बैशाख ५, २०८३ मा प्रकाशित
0

 इटहरी ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले वृद्धि भएको इन्धनको मूल्य फिर्ता लिन माग गरेको छ । फिर्ता...

अरु पढ्नुहाेस्...
कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

बैशाख ५, २०८३ मा प्रकाशित
गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद

धरानबाट ५९ किलो गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

बैशाख ५, २०८३ मा प्रकाशित
सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

सर्वोच्चले कांग्रेसको नेतृत्वमा गगन थापालाई वैधता दिनुका तीन कारणहरू

बैशाख ५, २०८३ मा प्रकाशित

हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो

बैशाख ५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    322 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    75 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    71 shares
    Share 28 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष