इटहरी । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आइतबार (असोज १२ गते) सम्म शिक्षकहरूलाई तलब नदिने विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन्।शिक्षकले तलब नपाएको ब्यापक गुनासो आएपछि मन्त्री पुनले आइतबारसम्म तलब उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठासकेको स्पष्ट पारेका छन् ।उनले आइतबारसम्म शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध नगराए सम्बन्धित प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिने बताएका छन्।
मन्त्री पुनले भनेका छन्, ‘तलब नख्वाउने प्रअहरूलाई सूचना- दसैँ-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरिदिएन भनेर धेरै गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाइसकेको छ। भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ।’




























Discussion about this post