इटहरी । माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको केहीबेरअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार नतिजा प्रकाशित गरिएको हो ।यो पटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नतिजामा केही ढिलाइ भएको छ। यस वर्षको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् । गत वर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्ने रिजल्ट विभिन्न माध्यमबाट हेर्न सकिनेछ । एसईई–२०८१ को नतिजासम्बन्धी विवरणSMS, IVR तथा WEBSITE बाट प्रकाशन हुने बोर्डले जनाएको छ । नतिजा सार्वजनिक भएलगत्तै, वेबसाइटहरूमा सम्पूर्ण विवरण (ग्रेडसिट) अपलोड हुन केही समय लाग्ने बताइएको छ । अन्य सूचनामा प्रकाशित वेबसाइटहरूबाट भने प्राप्त जिपीए (GPA) मात्र तुरुन्तै हेर्न सकिनेछ । नतिजा हेर्दा धैर्य अपनाउन र आधिकारिक स्रोतहरूमा भर पर्न बोर्डले अनुरोध गरेको छ ।
यसरी हेर्नुस् नतिजा
.jpg)
कुन विषयमा कती पास ?
3.6 GPA ल्याउने विद्यार्थी 48 हजार भन्दा बढी
अङ्ग्रेजीमा ८० हजार ६७२ जना फेल
नेपालीमा ५४ हजार ७३५ जना फेल
३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७
३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५
२.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४
२.४ देखि २.८ जीपीए लयाउने ४८ हजार ४७९
२ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६
१.६ देखि २ जीपीए ल्याउने ८ जना
१२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ
अवगर्गीकृत(NG) परीक्षार्थीको संख्या-१ लाख ६७ हजार ५९७
Discussion about this post