- तेज बन
इटहरी । रानी–विराटनगर–इटहरी–धरान निर्माणाधिन ६ लेन सडक योजना अन्र्तरगत इटहरीमा समान मापदन्ड पालनाको माग गर्दै स्थानिय दुइ घरधनीले अवरोध पुर्याएका छन । इटहरीको बिराटनगर लाइन स्थित स्थानियको अवरोधका कारण ८ महिना देखि ६ लेन राजमार्गको काम रोकिएको हो । काम रोकिएसंगै समयमै निर्माण सम्पन्न नहुने आशंका उत्पन्न भएको छ । तिन महिना देखि लगातार समन्वय गरिरहेपनि सहमती जुट्न नसकेपछि काममा स्थानिय अवरोध जारी रहेको ६ लेन सडक परियोजनाका इन्जिनियर सम्भु मोचीले बताए ।
बिराटनगर रोडका स्थानिय घर धनी मेघराज पराजुली र युनिस सुवेदीको अवरोधका कारण काम अघि बढ्न नसकेको इञ्जिनियर मोचीको भनाइ छ । योजनाअन्तर्गत हालसम्म जम्मा ३२.८४ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण भइसकेको जनाइएको छ । बिराटनगर रोडको नेविल बैंक देखि इटहरीको मुख्य चौक सममको करिब २ सय ५० मिटर सडक कालोपत्रे हुन सकेको छैन । स्थानिय घरधनी मेघराज पराजुलीले समान मापदन्ड र मुआब्जाको माग उठाएका छन भने अर्का युनिस सुवेदिले सडकको कारण आफु पीडित बनेको र वारी एउटा पारी अर्काे मापदन्ड तोकिएको साथै मुआब्जा नपाएकोले काम अघि बढाउन नदिएको बताएका छन । हामी बिकाश बिरोधी होइनौ तर पूर्वतिर २ मिटर र पश्चिम तर्फ एक मिटर कायम गरेर निर्माण भएकोले समान मापदन्ड हुनुपर्ने माग गरेको हो स्थानिय मेघराज पराजुलीले बताए ।
दुवैतर्फ २ मिटरको पेटी बनाएर ब्लक राख्न भनेको हो स्थानियलाइ पेलेर अघि बढनु राम्रो होइन पराजुलीले थपे । अर्का स्थानिय घरधनी युनिस सुवेदीले मुआब्जा नदिए समम सडक बिस्तार हुनै नदिने बताउदै आएका छन । जति पनि घरहरू भत्किए आफ्नो सहित सबैको मुआब्जा दिनुपर्ने सुवेदिको अडान छ । उनले स्थानियको माग बिपरित काम अघि बढाए जस्तो सुकै मुल्य चुकाउन पछि नपर्ने सम्म चेतावनी दिएका छन ।
दुवै घरधनीहरू संग पटक पटक छलफलमा बसेपनि सहमति नजुटेकोले यो समसया भएको उपमहानगरका प्रवक्ता दिवश पोख्रेल बताउछन । अब मेयर हेमकर्ण पौडेल आएलगत्तै सम्बन्धित सरोकारवालाहरू संग बसेर अन्तीम निसकर्ष सहित छलफलमा बस्ने उनले बताए । यता निर्माण कम्पनी शुभकामना–बोहरा–युनिक जेभीले अघिल्लो वर्ष २०८१ को माघ महिनाभित्रै आफ्नो क्षेत्रमा पर्ने सबे सडक कालोपत्रे गरिसक्ने योजना भएपनि दुइजना घरधनीको अवरोधले समयमै काम सम्पनन नभएको बताएको छ । कम्पनिका ठेकेदार राजेश बोहराले अवरूद्ध सडक खुलाउनेबारे बारे गत जेठ १२ गते नै आयोजनाको कार्यालयलाइ पत्र पठाइसकेको भएपनि अहिले समम कुनै ठोस निर्देशन नआएको उल्लेख गरे । सडक निर्माणमा अवरोध हुदा स्थानियलाइ असहज भइरहेको गुनासो धेरै आएको उनले बताए ।
निर्माणाधिन ६ लेन सडक परियोजनाका प्रमुख राजेन्द्रप्रसाद शाहले ठेकेदारकै बदमासि देखाएका छन । समयमै काम सक्न निर्देशन जारी गरिसकेको भएपनि बिभिन्न बहाना बनाएर ठेकेदार कम्पनी कामबाट पन्छिन खोजेको आयोजना प्रमुख शाहको आरोप छ । समयमै ठेकेदारले काम सम्पन्न नगर्दा राजमार्ग जस्तो संवेदनशिल क्षेत्रलाइ स्थानिय व्यवसायीहरूले पार्किङ स्थल बनाइसकेको आयोजना प्रमुख शाह बताउछन ।
निर्माणाधिन ६ लेन राजमार्ग अन्तरगत इटहरीको मुख्य चौकमै काम अवरूद्ध बनेपछि यसको फाइदा केहि व्यवसायीले उठाइरहेका छन । व्यवसायीहरूले नियम बिपरित खुल्ला राजमार्ग क्षेत्रमा पार्किङ स्थल बनाएर आ आफ्नो सवारी साधनहरू पार्किङ गरेर राख्ने गरेका छन ।
हाल सो क्षेत्रमा दैनिक २ सय देखि ३ सय सम्म साना तथा ठुला सवारी साधनहरू पार्किङ हुदै आएका छन । यसरी मुख्य राजमार्गमा नियम बिपरित सवारी पार्किङ गरिदा पनि सरोकारवालाहरू मौन बसेका छन । पछिल्लो समय इटहरी उपमहानगर क्षेत्रमा पार्किङ समस्या बिकराल बनेकाले स्थानिय तथा व्यवसायीहरूले काम सम्पन्न नहुन्जेल राजमार्गलाइ नै पार्किङ स्थल बनाउदै आएका छन ।


Discussion about this post