इटहरी । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि प्राप्त समर्थन र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अब थप योगदान रोकिदिन अनुरोध गरेकी छन् ।
सावित्राले नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको जानकारी दिँदै वेलिंगटन फिनिक्सले बी मा रकममार्फत पनि सहयोग गरिरहेको बताइन् । उनले आफ्नो उपचार प्रक्रिया छिट्टै सुरु हुने विश्वास व्यक्त गर्दै पुनः नेपाल जर्सी लगाएर मैदानमा फर्किने प्रतिबद्धता व्यक्त गरिन्।




























Discussion about this post