[t4b-ticker]
Monday, May 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

    अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
पुस २८, २०८२ मा प्रकाशित
✅ मनाेरञ्जन
४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै
22
SHARES
Share on FacebookShare on Twitter

इटहरी । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए। भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रियता विश्वभर फैलियो। उनै तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो।

आइतबार बिहानै तामाङको निधनको खबरले दार्जिलिङवासीलगायत संसारभरका नेपालीभाषी समुदाय स्तब्ध भए। नेपालीभाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता जनाउन सक्छ र विजेता पनि बन्न सक्छ भन्ने उदाहरण बनेका थिए गायक तामाङ। उनी विजेता भएपछि भारतीय टेलिभिजन कार्यक्रममा नेपालीभाषीले सहभागिता जनाउने क्रम हालसम्म जारी छ।

याे पनिपढ्नुहाेस्

चलचित्र पत्रकार संघ सुनसरी शाखाको नयाँ कार्यालय उद्घाटन

गायिका आशा भोसलेको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

गायक तामाङ इन्डियन आइडलको उत्कृष्ट १० मा परेपछि नेपालीले ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै चलाएका थिए। सोही क्रममा गीतकार तथा चलचित्र निर्माता राजेश घतानी उनीसँग जोडिएका थिए। नेपालीभाषीले त्यो समयमा पाएको ठूलो सफलता रहेकाले पनि दार्जिलिङ पुगेर जिताउने अभियानमा आफूसहित केही साथीहरू जोडिएको निर्माता घतानी बताउँछन्।

उनले ती दिन स्मरण गर्दै भने, ‘अन्तिम १० मा परेपछि मैले केही साथीलाई आग्रह गरेर दार्जिलिङ गएर कार्यक्रम गर्‍यौं। हाम्रो उद्देश्य प्रशान्तलाई विजेता बनाउनु थियो। हामीले त्यहाँ कार्यक्रम गर्ने र कार्यक्रमबाट संकलित रकम उनलाई जिताउन खर्च गर्न थाल्यौं।’

उक्त समयमा नेपालबाट निर्माता घतानीसँगै ‘हेयर डिजाइनर’ निल डेभिड कटवाल, गायक बाबु बोगटी, पत्रकार विदुर खतिवडालगायत पुगेका थिए। निर्माता घतानीका अनुसार त्यहाँ हुने छुट्टाछुट्टै कार्यक्रममा गायिका प्रविशा अधिकारी, कलाकार विल्सन विक्रम राईलगायत पनि सहभागी थिए।

तामाङ आइडलका विजेता भइसकेपछि नेपाली चलचित्र ‘हिम्मत–२’ मार्फत जोडिएका थिए। दीपक श्रेष्ठले उक्त चलचित्रको सम्पूर्ण गीत गायक तामाङको स्वरमा रेकर्ड गराएका थिए। ‘विश्वभरका नेपालीले रुचाएको र माया गरेको आवाजले नेपाली चलचित्रमा स्थान पाउनु पर्छ भनेर मैले पहिलो पटक पाश्र्व गायनमा ल्याएँ।

उनको सरलता देखेर म छक्क परेको थिएँ। विश्वभरका नेपालीका प्रिय पात्रले नेपाल र नेपाली गीतसंगीतलाई गर्ने माया अद्भुत थियो। उनमा इन्डियन आइडल विजेता भएको घमण्ड फिटिक्कै थिएन’, निर्देशक श्रेष्ठले उनको स्मरण गर्दै भने।

पछि तामाङ अभिनेताको रुपमा चलचित्र ‘गोर्खा पल्टन’ मा देखिए। उक्त चलचित्रमा लाहुरेको भूमिका निर्वाह गरेका गायक तामाङले गाएको गीत ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ निकै लोकप्रिय भयो। त्यसपछि उनले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’, ‘परदेशी–२’ जस्ता चलचित्रमा काम गरे। गत ५ मङ्सिरमा प्रदर्शन भएको ‘पहिचानको लडाइँ’ उनले अभिनय गरेको अन्तिम नेपाली चलचित्र बन्न पुग्यो।

अभिनय सुरुआत गरेदेखि उनले आफूलाई गायक भन्दा पनि अभिनेताको रुपमा अगाडि बढाए। ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोको श्रृङ्खला ‘पाताल लोक’ मा देखिएपछि अभिनेताको रुपमा तामाङको चर्चा भारतमा पनि भयो।

त्यसपछि उनले भारतीय अभिनेता सलमान खानको चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गरे। भारत र चीनबीच भूराजनीतिक तनाव निम्त्याउने ‘गलवान झडप’ को कथावस्तुमा बनेको उक्त चलचित्र आगामी वैशाख ४ मा प्रदर्शन हुँदैछ। उक्त चलचित्रको छायांकन सकेर अभिनेता तामाङ स्वराङ्कन गर्ने तयारीमा थिए।

सोही क्रममा दिल्लीमा रहँदा उनको निधन भयो। कोभिड १९ का कारण आमा गुमाएपछि उनले परिवारलाई धेरै समय दिन थालेका थिए। निर्माता घतानीका अनुसार उनी श्रीमती काम विशेषले बाहिर जाँदा वा घरमा नहुँदा तीन वर्षकी छोरीको हेरचाह गरेर समय बिताउने गर्थे। श्रीमती एयरहोस्टेस भएको कारण घरमै बसेर छोरीको रेखदेख गर्ने जिम्मा उनकै हुन्थ्यो।

‘आमा गुमाएपछि छोरीलाई उनले छाडेको मलाई याद छैन। कार्यक्रमकै प्रस्ताव आउँदा पनि श्रीमती काममा छिन् र बिदा मिलेको छैन भने अस्वीकार गर्ने गर्थे। छोरीमा उनले आमाको प्रतिविम्व देख्ने गरेको बताउँथे’, निर्माता घतानीले भने।

कोभिड १९ का कारण आमाको निधन हुँदा गायक तामाङ स्वयं कोभिडको बिरामी थिए। आफ्नो आमाको अन्त्येष्टीमा सहभागी हुन नपाएको पीडा उनको मनमा सधैं रहिरह्यो। त्यही भएर छोरीलाई सक्दो खुसी बनाउने र परिवारलाई समय दिने उनको स्वभाव थियो। उनले सन् २०११ मा एयरहोस्टेस गीता थापासँग विवाह गरेका थिए। सन् २०२२ मा उनको छोरी जन्मिएको थियो।

उनको पार्थिव शरीरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ। दार्जिलिङको जीटिए सरकारले आज नयाँ दिल्लीदेखि गायक तामाङको शवलाई दार्जिलिङ लैजाने जनाएको छ। दिल्लीको हरिनगरस्थित दिनदयाल अस्पतालमा हाल शवपरीक्षण भइरहेको जनाइएको छ। गायक तामाङको बुबाआमाको निधन भइसकेकाले उनकी पत्नी र ससुराली पक्षका आफन्त दिल्ली पुगेका छन्।

नेपाली भाषाको गीत संगीत र अभिनयको माध्यमबाट संसारभरका नेपालीलाई जोड्न सफल भएका तामाङलाई हरेक नेपालीले सधैं सम्झिरहने छन्।

सम्बन्धित-समाचार

चलचित्र पत्रकार संघ सुनसरी शाखाको नयाँ कार्यालय उद्घाटन
मनाेरञ्जन

चलचित्र पत्रकार संघ सुनसरी शाखाको नयाँ कार्यालय उद्घाटन

✍ सूचना पाेर्टल
बैशाख १०, २०८३ मा प्रकाशित
0

इटहरी । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको नयाँ कार्यालय उद्घाटन भएको छ। बुधबार ईटहरीमा आयोजित एक कार्यक्रमका बीच नेपाली...

भारतीय गायिका आशा भोसलेको निधन
मनाेरञ्जन

गायिका आशा भोसलेको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

✍ सूचना पाेर्टल
चैत्र ३०, २०८२ मा प्रकाशित
0

एजेन्सी । प्रख्यात भारतीय गायिका आशा भोसलेको अन्त्येष्टि आज (सोमबार) गरिने भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार उनको अन्त्येष्टि मुम्बईको शिवाजी पार्कमा पूर्ण...

अमेरिकामा रहेकी युवतीले लगाइन् कलाकार ‘बले’माथि जबरजस्ती करणीको आरोप

बलात्कार आरोपमा कलाकार ‘बले’ पक्राउ

चैत्र २१, २०८२ मा प्रकाशित
अमेरिकामा रहेकी युवतीले लगाइन् कलाकार ‘बले’माथि जबरजस्ती करणीको आरोप

अमेरिकामा रहेकी युवतीले लगाइन् कलाकार ‘बले’माथि जबरजस्ती करणीको आरोप

चैत्र २०, २०८२ मा प्रकाशित
जेलमा छैन राजपाललाई भीआइपी सुविधा: अरु कैदी सरह दिनचर्या, सुनाउँछन् कमेडी डाइलग

जेलमा छैन राजपाललाई भीआइपी सुविधा: अरु कैदी सरह दिनचर्या, सुनाउँछन् कमेडी डाइलग

फाल्गुन १, २०८२ मा प्रकाशित
दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा

दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा

माघ २६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा
BANNER

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

✍ सूचना पाेर्टल
बैशाख २८, २०८३ मा प्रकाशित
0

इटहरी ।  सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ। सोमबार संघीय संसद्को संयुक्त...

अरु पढ्नुहाेस्...
मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

बैशाख २७, २०८३ मा प्रकाशित
अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

बैशाख २७, २०८३ मा प्रकाशित
सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

बैशाख २५, २०८३ मा प्रकाशित
इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

बैशाख २५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    78 shares
    Share 31 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    77 shares
    Share 31 Tweet 19
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    324 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?

    23 shares
    Share 9 Tweet 6
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    327 shares
    Share 131 Tweet 82

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष