
खेतबारीमा विद्यार्थी !
- चैत्र ६, २०७८ मा प्रकाशित
झापा: आजकाल झापाका विद्यार्थी पोशाकमै खेतबारीमा देखिन्छन् । कृषिलाई आधुनिकीकरण गर्दै खेतबालीमा अध्ययन गर्दैछन्, विद्यार्थी । ती विद्यार्थी हुन्- बाली विज्ञानका । पछिल्लो समय प्राविधक र व्यवसायिक शिक्षा सुरु भएसँगै यसको अध्ययन गर्ने क्रम बढेको छ ।
कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थीहरू अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । झापा गाउँपालिकामा रहेको जनता माविमा बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी यतिबेला खेतबारीमा देखिन्छन् ।
सरकारको सहयोगसमेत पाएपछि उनीहरू सामूहिक रूपमा व्यवसायिक खेती गर्न थालेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष खेतीमा लाग्ने प्रविधि र टनेल निर्माणमा सहयोग भएपछि विद्यार्थीहरू आफैँ व्यवसायिक रूपमै खेतीमा लागेका छन् । कृषि पढ्ने विद्यार्थीले अभ्यास गर्ने क्रममा व्यसायिक रूपमा खेती थालेको जनता माविमा कक्षा ११ मा बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी विपिसा प्याकुरेलले बताइन् । ‘हामी यही विषय पढ्दै आएका छौँ । हामीले अध्यास पनि गर्नुपर्छ । सरकारले नै प्रविधि र टनेल दिएपछि आफैँ उत्पादनमा लागेका हौँ,’ उनले भनिन्, ‘यसले अध्ययन पनि भयो । हामीलाई आर्थिक रूपमा केही सहज पनि भयो ।’
सिक्ने र गर्ने इच्छा हुँदा विद्यार्थीले समेत सफलपूर्वक खेती गरेका छन् । पढाईसँगै आम्दानीसमेत गर्ने गरी विद्यार्थीले गरेको खेतीले अन्य किसानलाई समेत प्रेरित गरेको उनी बताउँछिन् ।
झापा गाउँपालिका क्षेत्रमा कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षा मात्र लिएका छैनन्, उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन थालेका छन् । विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्दै आएको बाली विज्ञानअन्तर्गत कक्षा-९ का विद्यार्थी वसन्त दाहालले जानकारी दिए । यसले गर्दा किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हसुने समस्याका बारेमा जानकारी लिन सहज भएको बताएका छन् ।
विद्यार्थीले चालु आर्थिक वर्ष हाइव्रेड मकैको खेतीको प्रदर्शनी समेत गरेका थिए । एक हेक्टर क्षेत्रमा गरेको मकै खेती र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ झापाले गत वर्ष टनेल निर्माणमा १० लाख अनुदान सहयोग गरेपछि विद्यार्थीहरू खेतीमा थप आकार्षित भएको परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले बताए । ‘विद्यार्थीले सिक्न पनि पाएका छन् । आम्दानी पनि भएको छ,’ उनी भन्छन्, ‘यसले कृषिलाई आधुनिकीकरण र व्यवसायिकीकरण गर्न सघाउ पुगेको छ ।’ -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments