इटहरी । सुन्दरहरैंचा गछिया युवा समाजद्वारा आयोजित एनि प्रथम गछिया गोल्डकप–२०८२को चौथो खेलमा राष्ट्रिय जागृती फुटबल क्लब इटहरीले दमक फुटबल क्लबलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। खेल सुरूभएकाे पहिलो हाफको १३औँ मिनेटमा प्रवेश बस्नेतले पहिलो गोल गरे भने दोस्रो हाफको ३९औँ मिनेटमा योगेन्द्र कार्कीले थप गोल गर्दै जीत सुनिश्चित गरे। दमकले खेलकाे अवधिभर पाएकाे अवसरलाइ सदुपयाेग गर्न नसक्दा सुन्यमै चित्त बुझाउनुपरेकाे थियाे । खेलमा ‘म्यान अफ द म्याच’ बनेका योगेन्द्र कार्कीलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरियाे ।
यससँगै सहलेश युवा क्लब सिराहा, गछिया युवा समाज, गाइघाट युनाइटेड फुटबल क्लब र राष्ट्रिय जागृती फुटबल क्लब इटहरी सेमिफाइनलमा पुगेका छन्। पहिलो सेमिफाइनल भोलि शुक्रबार दिउँसो २ बजे सहलेश युवा क्लब सिराहा र गाइघाट युनाइटेड फुटबल क्लब उदयपुरबीच हुने आयाेजकले जनाएकाे छ ।आजकाे खेलकाे प्रमुख अतिथी सुन्दरहरैंचा–४ का वडा अध्यक्ष कैलाश बस्नेत रहेका थिए ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार, उपविजेताले १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’ले २५ हजार तथा उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ११ हजार रुपैयाँ पाउनेछन्।साथै, सुन्दरहरैंचाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान तथा २ जना शारीरिक अपांगता भएका नागरिकलाई व्हिलचेयर प्रदान गरिनेछ।स्थानीय खेलकुदमा योगदान पुर्याएका खेलाडीहरूलाई पनि सम्मान गरिने आयोजक समितिका अध्यक्ष सरोज दाहालले जानकारी दिए। प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुनेछ र कुल ८ टोली सहभागी छन्।



























Discussion about this post