इटहरी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी ‘एनि प्रथम गछिया गोल्डकप–२०८२’ फुटबल प्रतियोगिता अन्तरगत बुधबार सम्पन्न तेस्रो खेलमा जलथल फुटबल क्लब (झापा)लाइ हराउदै गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समय भित्र दुवै पक्षकाे १ ,१ गाेलकाे बराबरी भएपछि ट्राइबेकरमा धकेलिएकाे थियाे । पहिलाे हाफ अन्तरगत
खेलको २८औँ मिनेटमा जलथलका जर्सी नं. २१ निश कुमार श्रेष्ठले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको एक मिनेटमै गाईघाटका जर्सी नं. १३ विनोद राईले गोल फर्काएपछि खेल बराबरीमा पुगेकाे थियाे । निर्धारित ९० मिनेटकाे खेलमा १–१ गाेलले बराबरीमा पुगेपछि पेनाल्टी सुटआउटमा गाईघाट युनाइटेड विजयी बन्दै सेमिफाइनलमा पुगेको हो।
आजको ‘म्यान अफ द म्याच’ गाईघाटका गोलरक्षक रेम्बो चौधरी घोषित भए। उनलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरियाे ।यसअघि पहिलो खेलमा सहलेश युवा क्लब (सिराहा) र दोस्रो खेलमा आयोजक गछिया युवा समाज सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। प्रतियोगिताको चौथो खेल बिहीबार दिउँसो ३ बजे राष्ट्रिय जागृती फुटबल क्लब इटहरी र दमक फुटबल क्लबबीच हुने खेल संयोजक प्रलाद थोप्रा लिम्बुले जानकारी दिए।
गोल्डकपको विजेताले २ लाख १ हजार, उपविजेताले १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’ले २५ हजार तथा उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै सुन्दरहरैंचा नगरपालिका क्षेत्रका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान र २ जना शारीरिक अपांगता भएका व्यक्तिलाई व्हिलचेयर प्रदान गरिने आयोजकले जनाएको छ।
दीर्घकालीन योगदान पुर्याएका स्थानीय खेलाडीहरूलाई पनि सम्मान गरिने गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताए। प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुनेछ र गोल्डकपमा आठ टोलीको सहभागिता रहेको छ।खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–३ का वडा अध्यक्ष विदुर प्रसाद ढुंगाना रहेका थिए ।



























Discussion about this post