इटहरी । प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलङ्काको कोलम्बोमा आइतबार भएको फाइनलमा नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो भने भारतले १२ ओभरमै तीन विकेटको क्षतिमा ११७ रन पूरा गर्दै लक्ष्य भेटाएको हो।
फाइनलमा भारतकी फुला सेरेनले २७ बलमा ४४ रन बनाइन् भने नेपालका लागि सरिता घिमिरेले ३८ बलमा ३५ रन योगदान गरिन्।प्रतियोगितामा नेपाल, भारत, अस्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र अमेरिका सहभागी थिए। सेमिफाइनलमा नेपालले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने भारतले अस्ट्रेलियालाई पराजित गरेर फाइनल प्रवेश गरेको हो।
यसप्रकारको क्रिकेटमा प्लास्टिकको ‘ह्वाइट बल’ प्रयोग हुन्छ । बलभित्र ‘ब्यारिङ’ प्रयोग गरिएको हुन्छ, जसको सहायताले ब्याटर बलको अवस्था थाहा पाउँछ । बलरले ब्याटरलाई सोधेर मात्रै बलिङ गर्नुपर्ने हुन्छ ।प्रतियोगितामा एक टिमले बी वान अर्थात् पूर्ण दृष्टिविहीन चारजना, बी टु (न्यून दृष्टिविहीन) तीनजना र बी थ्री (अल्प दृष्टिविहीन) चारजना गरी ११ खेलाडी मैदानमा उतारेका हुन्छन् ।
भारतका ब्याटर र बलर नै नेपालविरुद्ध हाबी भएका थिए। नेपालले भने अपेक्षा गरेजस्तो प्रदर्शन गर्न सकेन।२७ कात्तिकबाट सुरु भएको विश्वकपमा नेपाल र भारतसहित अस्ट्रेलिया, पाकिस्तान, घरेलु टोली श्रीलंका र अमेरिका सहभागी थिए। इंग्ल्यान्ड भने प्रतियोगितामा सहभागी भएन।



























Discussion about this post