•  ३ आश्विन २०८१, बिहीबार
  •  10:20:09 PM

कांग्रेस एक्लैले भए पनि एमसीसी प्रस्ताव संसदमा टेबुल गर्छ : सहमहामन्त्री उपाध्याय

- फाल्गुन ४, २०७८ मा प्रकाशित



काठमाडौं: नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ले सत्तागठबन्धनमा आबद्ध दलले साथ नदिए कांग्रेसले एक्लै एमसीसी प्रस्ताव सदनमा टेबुल गर्ने बताएकी छन् ।

न्युज कारखानासँग कुरा गर्दै उनले माओवादी एमसीसीको विपक्षमा उभिए कांंग्रेस एक्लैले एमसीसी प्रस्ताव सदनमा टेवुल गर्ने बताएकी हुन् । उनले भनिन्, ‘माओवादी कांग्रेस नेतृत्वको सरकार र पाँच दलीय गठबन्धनबाट भागेर जान्छ भने जाओस्, एमसीसी सदनमा टेबुल हुन्छ । त्यसपछि एमसीसीको पक्षमा समर्थन जुटाउने गृहकार्य गर्छ ।’ एमसीसी सदनबाट अनुमोदन गराउनुपर्नेमा कांग्रेस स्पष्ट भएकाले अन्य दलको सहयोगविना एमसीसी टेबुल गराउने उनले बताइन् । टेबुल गराइसकेपछिको नतिजाको सामना गर्ने सामथ्र्य पनि कांग्रेससँग रहेको सहमहामन्त्री उपाध्ययको भनाइ छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर