तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
- मंसिर २२, २०८१ मा प्रकाशित
तेह्रथुमम । भारत सरकारको आर्थिक सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास गरिएको छ । तेह्रथुम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिल कुमार पाहिम र भारतीय राजदूतावास काठमाडौँका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
‘नेपाल भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको नेरु. ३.५४ करोड आर्थिक सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकीको निर्माण गरिनेछ। भारत सरकारको अनुदान सहयोग आकस्मिक वार्ड, प्रसूति वार्ड, जनरल वार्ड, प्रशासन शाखा र अन्य सम्बन्धित सुविधाहरू सहितको दुई तल्ले स्वास्थ्य चौकी भवन निर्माणका लागि उपयोग गरिनेछ।
यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो। अझ तेह्रथुम जिल्लामा अघि बढाइएको यो पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो। यस परियोजनाको कार्यान्वयन तेह्रथुमको आठराई गाउँपालिकामार्फत गरिनेछ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना रहेका छन् ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा मंसिर २७, २०८१उमेरले ७० नाघ्याे तर जाेस जागर उस्तै :हतियारमा ‘धार’ लगाएर मनग्गे कमाउछन कञ्चनपुरका राना
-
ताजा मंसिर २७, २०८१सगरमाथा क्षेत्रमा हेलिकप्टर उडाउन निषेध
-
ताजा मंसिर २७, २०८१जाजरकोटमा मध्यराति जिप सडकबाट ८ सय मिटर तल खस्यो, ५ जनाको मृत्यु, २ घाइते
-
ताजा मंसिर २७, २०८१एनपीएलमा आज पनि दुई खेल, एउटा टोली प्लेअफबाट बाहिरिने , पहिलो खेलमा पोखरा र विराटनगर आमनेसामने हुँदै
-
ताजा मंसिर २७, २०८१आज २०८१ मंसिर २७ गते बिहीबार : पाथीभरा देवीकाे दर्शन गर्दै हेर्नुहाेस राशिफल
Comments