उदयपुरमा जिप सडकबाट खस्दा चालकको मृत्यु, ५ यात्रु घाइते
- मंसिर २५, २०८१ मा प्रकाशित
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका-३ मा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना यात्रु घाइते भएका प्रहरीले जनाएको छ।सोमबार साँझ सदरमुकाम गाईघाटबाट लिम्चुङबुङको बराहतर्फ जाँदै गरेको ना १ च ३२६७ नम्बरको जीप लिम्चुङबुङ गाउँपालिका ३ स्थित तीनचोकेमा ब्रेक फेल भई सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी राजन चापागाईँका अनुसार दुर्घटनामा त्रियुगा नगरपालिका–१६ बस्ने वर्ष २६ का जीप चालक युवराज तामाङको घटनास्थलमै मृत्यु भएको हो।गाडीमा सवार पाँच यात्रु घाइते भएका छन्।
घाइते हुनेमा सोही लिम्चुङबुङ-४ बस्ने वर्ष १९ की सुस्मिता खत्री, वर्ष २१ को सुबिम खत्री र वडा नम्बर ३ का वर्ष ४७ का बलदीप राई, वर्ष ४१ की निललक्ष्मी राई र वर्ष ६२ की चरीमाया राई छन्। डीएसपी चापागाईँका अनुसार घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल गाईघाट लगिएको छ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा मंसिर २६, २०८१How In Order To Play Slots Online: A Beginner’s Manual With Rules & Tip
-
ताजा मंसिर २६, २०८१Top 7 Best Roulette Strategie
-
ताजा मंसिर २६, २०८१नगरले चासाे देखाएपछि फेरियाे ऐतिहासिक रामधुनी मन्दिरकाे मुहार
-
ताजा मंसिर २६, २०८१एनपिएल : हालसम्म १७ खेल, कुन टोली पुगे कुन स्थानमा ?
-
ताजा मंसिर २६, २०८१४ कराेडमा बनेकाे बिद्यालय उदघाटन गर्न तेह्रथुम आउदै प्रधानमन्त्री ओली , जन्मस्थानकाे पनि अवलाेकन गर्ने
Comments